NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

गर्मीमा खरबुजा खानुका काइदा

एजेन्सी । गर्मीको चर्को घामले शरीरमा पानीको मात्रा घटाउँछ । जसले डिहाइड्रेसनको समस्या हुने गर्छ । गर्मीमा यसबाट बच्न खरबुजाको सेवन लाभदायिक छ । यसमा ९२ प्रतिशत पानीको मात्रा हुन्छ ।

जसलेल डिहाइड्रेसनको जोखिमबाट बचाउँछ । अन्य समय भन्दा गर्मीमा यसलाई आफ्नो आहारमा समावेश गर्नसमेत आहारविद् सुझाउँछन् ।

यसमा पानीसँगै भिटामिन बी ६, भिटामिन सि, ए र ई पनि प्रशस्त्र पाइन्छ । यसले केबल डिहाइड्रेसनको समस्याबाट मात्र राहत नदिई मानसिक रुपमा नै व्यक्तिलाई फाइदा गर्छ । एक अध्ययनले खरबुजा खाँदा तनाव, चिन्ता कम हुने देखाएको छ ।

यसमा मस्तिष्क शान्त पार्ने तत्व समावेश छ । तौल घटाउन पनि खरबुजा उपयोगी मानिन्छ । खरबुजाले मुटु रोगको जोखिम कम गर्छ भने दमको समस्याबाट पनि राहत दिन्छ।

यसबाहेक, स्नायु स्वास्थ्य, पाचनसम्बन्धी समस्याको लागिसमेत खरबुजाको सेवन लाभदायिक छ ।