एकल अंकले बढ्यो नेप्से, कारोबार रकम २ अर्बभन्दा बढी
काठमाडाैं । बुधबार नेप्से एकल अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से परिसूचक ४.६८ अंकले बढेर १९३२.३३ विन्दुमा कायम भएको छ ।
बुधबार नेप्से बढेसँगै कारोबार रकमसमेत बढेको छ । आज २६१ कम्पनीको ४१ हजार ६१३ स्टकको ६५ लाख ४१ हजार ३८८ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब ३६ करोड ८८ लाख १५ हजार ६३५ रूपैयाँ बराबरको कारोबार भएको छ ।
आज कारोबार भएका कूल ५ उपसमूहबाहेमा हरियाली छाएको छ । घटेका उपसमूहरूमा बैंकिङ ०.२३, होटल तथा पर्यटन ०.४६, जीवन बीमा ०.०४, म्युचल फण्ड ०.६२ र नीर्जीवन ०.१३ प्रतिशतले घटेको छ ।
बढेका उपसमूहरूमा सबैभन्दा बढी व्यापार ४.९७ प्रतिशतले बढेको छ । विकास बैंक १.१४, वित्त ०.०४, जलविद्युत ०.४६, लगानी ०.७७, उत्पादन ०.५६, माइक्रोफाइनान्स १.२२ र अन्य ०.०२ प्रतिशतले बढेको छ ।
आज युनिक नेपाल लघुवित्तको सेयरमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै सिदार्थ इक्युटी फण्डका लगानीकर्ताले सर्वाधिक ४.३५ प्रतिशतका दरले गुमाएका छन् ।
कारोबारका आधारमा सोल्टी होटल लिमिटेडको सर्वाधिक १० करिड १३ लाख १० हजार ७३४ रूपैयाँको कारोबार भएको छ ।
दोस्रोमा शिवम् सिमेन्टको ८ करोड १७ लाख २१ हजार रूपैयाँको कारोबार भएको छ ।
त्यस्तै सिटिजन्स इन्भेष्टमेन्ट ट्रष्टको ६ करोड ९० लाख ३८ हजार रूपैयाँ, नेपाल टेलिकम ६ करोड ५२ लाख ७० हजार र आइजिआइ प्रुडेन्सियलको ६ करोड ५२ लाख ९० हजार र आइजिआइ प्रुडुन्सियलको ५ करोड ६७ लाख ७१ हजार रूपैयाँको कारोबार भइ शीर्ष पाँचमा प्रवेश गरेका छन् ।
ताजा अपडेट
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम
-
सशस्त्र प्रहरीद्वारा दशैँको अवसरमा काठमाडौँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन


प्रतिक्रिया