NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

८ घण्टाभन्दा धेरै सुत्नु पनि हानिकारक, यस्ता समस्या देखिन्छन्

एजेन्सी । पर्याप्त निन्द्रा स्वस्थ शरीरको आवश्यका हो । चिकित्सकले पनि दिनको ८ घण्टा सुत्न सिफारिस गर्छन् । निन्द्रा पूरा हुँदा मात्र शरीर उर्जाशिल र स्वस्थ रहन्छ ।

अपर्याप्त निन्द्राले धेरै प्रकारका दिर्घरोग, चिडचिडापन, आलश्य जस्ता समस्या देखापर्छन् । कम सुत्दा पनि स्वास्थ्यमा समस्या आउँछ । त्यसैले कम सुत्ने बानी र बढी सुत्ने बानी दुवै स्वास्थ्यका लागि हानिकार छ । यसले स्वास्थयमा गम्भीर असर पुर्याउँछ ।

अधिकांश व्यक्ति ८ घण्टाभन्दा बढी पनि सुत्ने गर्छन् । शरीरलाई चाहिनेभन्दा बढी सुत्दा मधुमेहको जोखिम हुने केही अनुसन्धानमा पत्ता लागेको छ । बढी सुत्ने व्यक्तिमा मोटोपनाको समस्या पनि देखिन्छ । एक अनुसन्धानमा ८ घण्टाभन्दा बढी सुत्ने व्यक्ति उल्लेख्य रुपमा मोटो हुने देखिएको हो । यसबाहेक धेरै सुत्दा टाउको दुख्ने समस्या हुन्छ । बढी सुताईल टाउको भारी भएर दुख्ने गर्छ ।

अनुसन्धानकर्ताहरुका अनुसार धेरै सुत्दा मष्तिष्कमा सेरोटोनिनको मात्रा बढ्छ । सेरोटोनिनको मात्रा बढी हुँदा ज्वरो पनि आउन सक्छ । ढाड दुख्ने समस्या पनि अत्यधिक सुताईको उपज हो ।

लामो समयसम्म सुत्दा ढाड दुख्ने समस्याले ग्रसित बनाउँछ । शरीरको मांशपेशीको सुधार गर्न व्यायाम आवश्यक हुन्छ । लामो समयसम्म सुत्ने बानीले शरीरमा रगतको प्रवाह राम्रोसँग हुन पाउँदैन र ढाड तथा मांशपेशी दुख्ने गर्छ । यस कारण शरीरको आवश्यकता अनुसार सुत्ने गनुपर्छ ।