मःम धेरै खाँदा के हुन्छ ?
एजेन्सी । मःम भन्ने बित्तिकै सबैको मुख रसाउँछ । यसको स्वादका पारखीहरु विभिन्न प्रकारका मःम खान रुचाउँछन् । वर्तमान समयमा अधिकारंशको रोजाइमा घरको भन्दा बाहिरको खाजा पर्छ । बाहिरको खाजाभित्र पनि मःम हरेकको रोजाइ बनेको छ ।
मैदाको पिठोमा भेज वा नन भेज किमा भरिएको मःम मसलादार अचारसँग काइदाको हुन्छ । तर अधिंकाशको रोजाइमा पर्ने मःम स्वास्थ्यका लागि भने असरदार मानिन्छ । यसले स्वास्थ्यमा हानिकारक असर पुयाउँछ ।
केही रिपोर्टहरुमा मःम धेरै खाँदा यसले व्यक्तिलाई मृत्युको मुखमै पुर्याउनेसमेत देखाएको छ । मःम मैदाबाट बनाइन्छ । स्वास्थ्यका लागि मैदाको परिकार उचित मानिदैन ।सामान्यतया मैदा पेट र आन्द्राका लागि अस्वस्थ मानिन्छ । मैदाले पाचनसम्बन्धी समस्यासमेत गराउँछ । स्वास्थ्य विशेषज्ञहरुका अनुसार अत्यधिक मःम को सेवनले मधुमेहको जोखिम गराउँछ ।
फूड पोइजनिङको खतरा
धेरै अध्ययनमा मोमो भित्रको तरकारी र मासु खराब गुणस्तरको हुने र राम्रोसँग पकाएको नहुने देखाएको छ । यस्ता गुणस्तरहीन तरकारी र मासुले ग्यास, अपज र फूड पोइजनिङको समस्या ल्याउँछ । अझ विशेषगरी गर्मीमा फूड पोइजनिङको समस्या धेरै हुन्छ । गर्मीमा ब्याक्टेरियाहरु एकदम छिटो आक्रमण गर्छ । जसले पेटको समस्या, पखाला जस्ता समस्या निम्तिन्छ ।
मःममा प्रयोग हुने अचार अझ हानिकारक
मःमसँग खाइने पिरो अचारले पेटमा प्रत्यक्ष असर गर्छ । अत्यधिक पिरोले पेट पोल्ने र दुख्ने समस्या हुन्छ । यसले नै वान्ता र झाडा पखालाको समस्या हुन सक्छ । यो अचार मःम पसलमा लामोसमय सम्म प्रयोग भएको हुन सक्ने हुुँदा यसले स्वास्थ्यमा नकारात्मक असर गर्छ । यसले कब्जियत, पायल्सको समस्या पनि उच्चसँग बढाउँछ । मःम खाँदा यसको गुणस्तरमा पनि ध्यान दिन आवश्यक छ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया