NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

यूनिक नेपालको एफपीओ बाँडफाँट, ३७ हजार ९४२ आवेदकले पाए १० कित्ता सेयर

काठमाडौं । यूनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओ बाँडफाँड सम्पन्न भएको छ।

उक्त एफपीओमा १३ लाख ५७ हजार १८० जनाले १ करोड ५४ लाख २७ हजार ५३० कित्ता शेयरका लागि आवेदन दिएका थिए। जसमध्ये १ हजार ४९३ आवेदन रद्द भएको छ भने १३ लाख ५५ हजार ६८७ आवेदन स्वीकृत भएको छ।

त्यस्तै १३ लाख १७ हजारभन्दा बढीको हात खाली भएको छ ।

स्वीकृत आवेदनमध्ये ३७ हजार ९४२ आवेदकले १० कित्ताका दरले शेयर पाएका छन् भने भाग्यमानी ५ जनाले थप एक कित्ता अर्थात कुल ११ कित्ता बाँडफाँड पाएका छन् ।

लघुवित्तले जेठ ११ गतेदेखि १७ गतेसम्म सर्वसाधारणका लागि एफपीओ निष्काशन गरेको थियो । लघुवित्तले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ३ लाख ७९ हजार ४२५ कित्ता शेयर निष्काशन गरेको थियो।

ताजा अपडेट

नेपालवाच विशेष