नेप्सेमा एकल अंकको करेक्सन, यी कम्पनीको भयो सर्वाधिक कारोबार
काठमाडाैं । बुधबार उकालो लागेको नेप्से साताको अन्तिम कारोबार दिन बिहीबार पनि एकल अंकले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से परिसूचक ७.२७ अंकले बढेर १९३९.६१ विन्दुमा कायम भएको छ ।
आज २७३ कम्पनीको ४३ हजार १२८ स्टकको ५९ लाख ६२ हजार ३ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब ३० करोड ५८ लाख ८८ हजार ९३१ रूपैयाँ बराबरको कारोबार भएको छ ।
आज कारोबार भएका कूल ४ उपसमूहबाहेमा हरियाली छाएको छ । घटेका उपसमूहरूमा बैंकिङ ०.२६, होटल तथा पर्यटन ०.९३, जलविद्युत ०.७७ र उत्पादन ०.७८ प्रतिशतले घटेको छ ।
बढेका उपसमूहरूमा सबैभन्दा बढी व्यापार ५.२८७ प्रतिशतले बढेको छ । विकास बैंक ०.९१, वित्त १.११, लगानी ०.७८, जीवन बीमा १.४९, माइक्रोफाइनान्स ०.०३, म्युचल फण्ड ०.४६, नीर्जीवन ५.१६ र अन्य ०.४२ प्रतिशतले बढेको छ । त्यस्तै रिभर फल्स पावर लिमिटेडका लगानीकर्ताले सर्वाधिक ६.४४ प्रतिशतका दरले गुमाएका छन् ।
कारोबारका आधारमा आइजिआइ प्रुडुन्सियलको सर्वाधिक १० करोड २६ लाख ८७ हजार ७१३ रूपैयाँको कारोबार भएको छ । दोस्रोमा सिदार्थ प्रिमियर इन्स्योरेन्सको ९ करोड ६३ लाख १३ हजार रूपैयाँको कारोबार भएको छ ।
शिवम् सिमेन्टको ८ करोड ७० लाख १२ हजार, हिमालय एभरेष्ट इन्स्योरेन्स ८ करोड २८ लाख ५३ हजार र नेपाल टेलिकमको ८ करोड २२ लाख ३१ हजार रूपैयाँको कारोबार भइ शीर्ष पाँचमा प्रवेश गरेका छन् ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया