NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ६ गते

खैनी, चुरोट र सुपारीको कर वृद्धि गर्दा ममाथि श्रृंखलावद्ध हमाला भयो : पूर्वअर्थमन्त्री शर्मा

काठमाडाैं । नेकपा (माओवादी केन्द्र) सांसद एवं पूर्वअर्थमन्त्री जनार्दन शर्माले आफूमाथि बारम्बर हमाला गर्नुको पछाडिको कारण खैनी चुरोट र सुपारीको कर वृद्धि नै भएको बताएका छन् ।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा बजेटबारे टिप्पणी गर्ने क्रममा उनले सो बताएका हुन् । उनले आफू अर्थमन्त्री हुँदा सुर्तीजन्य पदार्थ र सुपारीमा लगाएको कर वृद्धि गरेको कुरा कतिपयले मन नपराएको कारण श्रृंखलावद्ध रुपमा हमाला भएको स्पष्ट पारेका छन् ।

आफू अर्थमन्त्री हुनुपूर्व २५ हजार मेट्रिक टन सुपारी कोटा वितरण हुने गरेको स्मरण गर्दै उनले सो बराबरको सुपारी आयातको लागि ६ सय डलर खर्च हुने गरेको बताए । सुपारीको निकासी भने चोर बाटो र तस्करीको माध्यमबाट हुने भएकाले राष्ट्रलाई घाटा पुगेको उनको भनाइ थियो ।

उनले भने, ‘तस्करीको माध्यमबाट हुने अर्थतन्त्र वैधानिक प्रणालीमा नआउने हुँदा एकातिर देशको डलर सञ्चितीमा ह्वास आउथ्यो भने अर्कोतिर कालो धन अर्थतन्त्रमा जोखिम निम्त्याउने ध्यानमा राखेर मैले भारतमा सुपारीको मूल्य बराबर हुने गरी कर र अन्तशुल्क बढाए,त्यसपछि देशमा भइरहेको सुपारीको तस्करीको अन्त्य भयो, उनले थपे, सुर्तीजन्य पदार्थ र चुरोट आदिमा विश्व स्वास्थ्य संगठनले ७० प्रतिशत करको मापदण्ड हुनुपर्ने अघि सारेको  छ । मैले छिमेकी देशको मूल्य बरारबर पुर्याउन  १९ प्रतिशत कर बढाए । यो कुरा कतिलाई मन परेन, अनि ममाथि शृखलाबद्ध हमाला सुरु भयो, मलाई हमला गरेको मूख्य कारण यही खैनी, चुरोट र सुपारीको कर वृद्धि नै हो ।’

ताजा अपडेट

नेपालवाच विशेष