गर्मीले बर्दियाको जनजीवन प्रभावित
बर्दिया । बर्दियामा अत्यधिक गर्मीका कारण यस क्षेत्रको जनजीवन प्रभावित बनेको छ । जिल्लमा यस वर्षकै सबैभन्दा बढी गर्मी मापन गरिएको छ । गर्मीका कारण व्यवसायसमेत प्रभावित भएका छन् ।
दिनप्रतिदिन यहाँको गर्मी बढिरहेको छ भने दिनभरि तातो हावा चल्न थालेपछि यहाँको जनजीवन थप अस्तव्यस्त बनेको स्थानीय बताउँछन् । अत्यधिक गर्मीले गर्दा सर्वसाधारण न्यून सङ्ख्यामा मात्र बाहिर निस्कने गरेकाले व्यापार व्यवसाय सबैभन्दा बढी प्रभावित भएको मधुवन उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष नृप सोडारीले बताए ।
अत्यधिक गर्मी बढेका कारण जिल्ला अस्पताल तथा विभिन्न मेडिकलमा बिरामीको सङ्ख्या बढेका छन् । बिरामीको चापले अस्पतालमा श्ययाको अभाव हुन थालेको जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डन डा सुवास पाण्डेले बताए । उनका अनुसार गर्मी र तातो हावाका कारण बिरामी हुनेको सङ्ख्या दिनप्रतिदिन बढिरहेका छन् ।
गर्मीका कारण लु लागेका, झाडा पखाला र विभिन्न प्रकारका छालाजन्य रोगका बिरामी अस्पतालमा बढी आउने गरेको डा पाण्डेले बताउनुभयो । बालबालिकामा शरीरभरि रातो बिमिरा आउने, बिमिरा पाकेर घाउ बन्ने र सङ्क्रमण हुने भएकाले सावधानी अपनाउनुपर्ने उनको भनाइ छ ।
ताजा अपडेट
-
मदन भण्डारी राजमार्गको पूर्वी खण्डमा ४२ किलोमिटर सडक कालोपत्र
-
सरकारले तिर्न बाँकी ऋण २५ खर्ब ३६ अर्ब
-
प्रतिबन्ध लाग्नुअघि नै बन्द भयो अमेरिकामा टिकटक
-
दोस्रो चरणको युद्धविराम सफल नभए पुनः आक्रमण थाल्ने इजरायली प्रधानमन्त्रीको चेतावनी
-
झापाका तीन स्थानमा शून्य खनजोत प्रविधिबाट मकैखेती
प्रतिक्रिया