NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

घाँटीको दुखाईमा के गर्ने ?

एजेन्सी । जाडो होस् वा गर्मी, जुनसुकै बेला पनि चिसो वा एलर्जीको समस्या हुन्छ । अझ मनसुनको समयमा यसको जोखिम उच्च नै रहन्छ । चिसोबाहेक धुलो, धुँवा, ब्याक्टेरियाहरुले घाँटीमा संक्रमण गराउँदा पनि घाँटी दुख्ने समस्या हुन्छ । जसले गर्दा पानी निल्न पनि गाह्रो पर्छ ।

सामान्यतया कुनै गम्भीर समस्या छैन भने घरमै पनि घाँटीको दुखाई कम गर्न सकिन्छ । हाम्रो भान्सामा हुने मसलाहरुमा यस्ता धेरै औषधिय गुण्हरु पाइन्छन् जसले साधारण स्वास्थ्य समस्याहरु कम हुन्छन् ।

घाँटी दुखेको अवस्थामा प्रयोग गर्न सकिने घरेलु औषधीबारे जानौं

घाँटी दुखेको अवस्थामा नुन पानीले कुल्ला गर्न सकिन्छ । नुनमा दुखाई कम गर्ने गुणहरु हुन्छन् । जसले घाँटीको दुखाइलाई कम गर्न सक्छ। यसैगरी जेठी मधु पनि घाँटी दुखाई र चिसोमा फाइदाजनक हुन्छ । यसमा संक्रमण र ब्याक्टेरियाको समस्या कम गर्ने गुण पाइन्छ।

तुलसीको पात पनि घाँटीको दुखाईबाट मुक्ति पाउने अचुक प्राकृतिक औषधि हो । तुलसीमा एन्टीब्याक्टेरियल र एन्टी–इन्फेक्सन गुणहरू हुन्छन । जसले सामान्य दुखाईहरु कम गर्न सक्छ । तुलसी घाँटी दुखाईमा मात्र नभएर रुघाखोकी भएको समयमा पनि लाभदायिक छ ।

यसबाहेक कालो मरिचले पनि घाँटी दुख्ने समस्या कम गर्छ । मरिचको धुलो मनतातो पानीमा दिनको दुईपटक खान सकिन्छ । यसले घाँटीको दुखाई शान्त पार्छ ।

घाँटी दुख्ने र सुन्निने समस्याबाट छुटकारा पाउन अदुवा पनि ओखती हो । यसको लागि अदुवा पानी खानुपर्छ ।

घाँटी दुख्ने समस्याबाट राहत पाउने अदुवाको चिया बनाएर पनि खान सकिन्छ । तर घरको औषधिले पनि कुनै असर नगर्दा भने स्रिध चिकित्सको परामर्श आवश्यक हुन्छ । यसले गम्भीर संक्रमण हुन पाउँदैन ।