राजश्वको वृद्धिदरमा एउटै करबारे अर्थमन्त्रीको जवाफ : अनुमानित लक्ष्यलाई विभाजन गर्दा एउटै पर्न गएछ
काठमाडाैं । आगमी बजेट २०८०/०८१ छलफलका क्रममा संसद्मा सांसदहरुले राजश्वको वृद्धिदर अनुमानमा एउटै कर लगाएकोप्रति आपति जनाएका थिए । त्यस सम्बन्धमा आज अर्थमन्त्री शर्माले जवाफ दिएका छन् । उनले राजश्वको अनुमानित लक्ष्यलाई विभाजन गर्दा एउटै वृद्धिनर पर्न गएको स्पष्टीकरण दिएका छन् ।
उनले भने, ‘हरेक क्षेत्रको एउटै कर सम्बन्धमा यहाँहरुले राख्नुभएको चासोलाई मैले स्वभाविक रुपमा लिएको छु । अनुमानित लक्ष्यलाई विभाजन गर्दा एउटै वृद्धिदर पर्न गएछ । चालु आर्थिक वर्षको अन्त्यसम्ममा राजश्व संकलनको यथार्थ अवस्था शीर्षकगत रुपमा आउँछ, त्यसको आधारमा समग्रमा मूल्यांकन गरेर हरेक शीर्षक र उपशीर्षकमा त्यही दरले वृृद्धि हुने, कुनै माथि हुनसक्छ, कुुनै तल हुन सक्छ, यर्थापरक रुपमा आउने कुरामा विश्वास दिलाउन चाहान्छु ।’
ताजा अपडेट
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए
-
कीर्तिपुरमा कारमा आगलागी हुँदा एकजनाको मृत्यु


प्रतिक्रिया