NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

५० लाखभन्दा कम कारोबार गर्ने पसललाई भ्याट लाग्दैन : अर्थमन्त्री

काठमाडाैं । अर्थमन्त्री डा. प्रकाशशरण महतले ५० लाख भन्दा कम कारोबार हुने किसान/पसललाई भ्याट नलाग्ने बताएका छन् ।

आव २०८०/०८१ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै अर्थमन्त्री महतले भने, ‘५० लाख भन्दा कम कारोबार हुने पसललाई कतै भ्याट लाग्दैन । बाहिरबाट आयातित छ भने त्यसममा मात्र लाग्छ ।

ठूला कारोबार गर्ने आन्तािरक उत्पादन,डिपार्टमेन्टको हकमा भने कर लाग्ने उनले बताएका छन् ।

आलु प्याजमा कर लगाएको बारे अर्थमन्त्री शर्माले नेपाली उत्पादनलाई बढाउन बढाएको बताएका छन् । उनले उत्पादन बढाएर देशलाई आत्मनिर्भरतर्फ उन्मूख बनाउने कृषकलाई प्रोत्साहन गर्न कर लगाएकाे स्पष्ट पारेका छन् ।

अर्थमन्त्री महतले बाहिरी आयातलाई कम गर्ने उपाय कर पनि भएको बताएका छन् ।