NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

मेवाको बीउ फाल्नुहुन्छ ? अब यसरी लाभ लिनुहोस्

एजेन्सी । स्वास्थ्य स्वस्थ राख्न फलफूल खान आवश्यक छ । अझ गर्मीमा हामी फलफल धेरै मात्रामा खान्छौं । यसमा पनि गर्मीमा रोजाइमा पर्ने फलफूल मेवा हो ।

मेवामा पानीको मात्रा भरपुर हुन्छ । जसले गर्दा शरीरमा पानीको कमी हुँदैन् र डिहाइड्रेसनबाट बच्न सकिन्छ । प्राय: व्यक्ति मेवा खाँदा यसमा भएको बीउ निकालेर मात्र खाने गर्छन् । तर के तपाईलाई थाहा छ ? मेवाको बीउ पनि लाभदायिक छ ।

युनिभर्सिटी अफ फ्लोरिडाले गरेको एक अध्ययन अनुसार मेवाको बीउमा प्रशस्त मात्रामा पोषक तत्व पाइन्छ । यसमा भिटामिन ए र सी, फोलेट, फ्याटी एसिड, कच्चा फाइबर, प्रोटिन, बेन्जिल ग्लुकोसिनोलेट, र धेरै फाइटोकेमिकलहरू हुन्छन् जसले क्यान्सर कोशिकाहरूसँग लड्न मद्दत गर्दछ।

त्यस्तै, मेवाको बीउमा पोलिफेनोल हुन्छ । जुन बलियो एन्टिअक्सिडेन्ट हो। यसले तपाईको शरीरलाई धेरै प्रकारको क्यान्सरबाट बचाउँछ। यसमा प्रशस्त मात्रामा फ्लेभोनोइड पाइन्छ । जसले रगतमा चिनीको मात्रा नियन्त्रण गर्छ । मधुमेहका रोगीका लागि मेवाको बीउ खानु प्रभावकारी हुन्छ । मेवाको बीउको धुलो बनाएर खानामा मिसाउन सकिन्छ ।

यसमा हुने तत्वले कलेजोलाई डिटोक्सिफाइ गर्न मद्दत गर्छ । यसको बीउमा पपाइन र काइमोपेन नामक इन्जाइमहरू पाइन्छ । जुन एमिनो एसिडका लागि फाइदाजनक छ ।

महिनावारी अनियमितताको समस्या र पेट दुखाईको समस्यामा पनि यो लाभदायिक छ । यसले शरीरको एस्ट्रोजन जस्ता हर्मोनलाई नियन्त्रण गर्छ ।

मेवाको दानामा प्रशस्त मात्रामा फाइबर हने हुुँदा यो पाचन प्रणालीको लागि पनि गुणकारी मानिन्छ । यसले मेटाबोलिज्म बढाउन मद्दत गर्छ भने शरीरमा बोसो जम्मा हुनबाट रोक्छ। जसले मोटोपनाको समस्या हुन पाउँदैन् ।

यसबाहेक, बुढ्यौली रोक्न पनि मेवाको दाना प्रभावकारी तत्व हो । यसले छालामा चायाँपोतो, चाउरीपना समयअगावै आउन दिँदैन् । मेवाको बीउमा लाइकोपीन र एन्टीअक्सिडेन्ट हुन्छ जसले छाला सम्बन्धी समस्याबाट बचाउँनुका साथै छालामा दागहरु पनि आउन दिँदैन् ।

छालामा मात्र नभइ मेवाको बीउ कपालका लागि पनि प्रयोग गर्न सकिन्छ । यसले कपालको रुखोपनलाई हटाइ कपाल नरम र सिल्की बनाउँछ।

मेवाको बीउ फाइदाजनक हुँदा हुँदै पनि यसको हदभन्दा बढी प्रयोग हानिकारक पनि हुनसक्छ । यसमा बेन्जिल ग्लुकोसिलेन्ट हुन्छ, जसको अत्यधिक प्रयोगले फूड पोइजनिङको समस्या हुनसक्छ ।