बारम्बार बान्ता हुन्छ ? यी ५ घरेलु उपाय अपनाउनुहोस
एजेन्सी । बढ्दो गर्मीमा, टाउको दुख्ने तथा भारी हुने, खाना खान मन नलाग्ने, रिंगटा लाग्ने जस्ता समस्या हुने गर्छ ।
अझ कोहीकसैमा गर्मीकै कारण धेरै वान्ता आउने समस्यासमेत हुन्छ । जसले शरीर कमजोर बनाउँछ । यसकारण गर्मीमा यस्तो समस्याबाट बच्न प्रशस्त्र मात्रामा झोलिलो कुरा खानुपर्छ । जसले शरीर हाइड्रेटेड भइरहन्छ ।
लगातार वान्ता आउँदा केही घरेलु तरिका पनि अपनाउन सकिन्छ । यस्ता घरेलु औषधिले वान्ता रोक्छ र शरीर पनि स्वस्थ राख्छ ।
पुदिना
पुदिनाले पेटको मांसपेशीलाई आराम दिन्छ। यसमा पाइने एन्टिमाइक्रोबियल प्रभावले बान्ताको समस्यालाई कम गर्न प्रभावकारी हुन सक्छ। एउटा पुदिनाको पात मुखमा राखिरहनाले बान्ता रोकिन्छ ।
बेकिङ सोडा
बेकिङ सोडाले पनि वान्ता रोकेर राहत दिन्छ। बारबार बान्ता आइरहेको छ भने एक गिलास पानीमा एक चम्चा बेकिङ सोडा हालेर खानुहोस् । यसले बान्ता आउन कम हुन्छ ।
पुदिना र कागतीको तेलको प्रयोग
पुदीना र कागतीको तेल दुबैमा एन्टिमेटिक गुण हुन्छन् जसले वान्ता रोक्न मद्दत गर्छ । एउटा सफा कपडामा यी दुई तेलको केही थोपा राखेर त्यसको सुगन्ध लिदा बान्ताको समस्या कम हुन्छ।
कागतीको रस
कागतीको रसमा एन्टिअक्सिडेन्ट हुन्छ, जसले कोलोन(ठूलो आन्द्रा) सफा गर्न मद्दत गर्छ। यसमा पाइने भिटामिन सीले प्रतिरक्षा प्रणालीलाई सुधार गर्छ भने वान्ता पनि रोक्छ । कागती पानीले शरीरलाई निर्जलीकरणको समस्यासमेत हुन दिँदैन ।
अदुवा एक प्राकृतिक एन्टिमेटिक हो । यसले गर्मीमा देखिने समाम समस्याबाट राहत दिन्छ । अदुवाको चिया खानाले वान्ता रोकिन्छ भने शरीर पनि स्फूर्त हुन्छ ।
ताजा अपडेट
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै


प्रतिक्रिया