असारमा निक्षेपको ब्याजदर घटबढ नहुने
काठमाडौं । वाणिज्य बैंकहरूले असार महिनामा निक्षेपको ब्याजदर घटबढ नगर्ने भएका छन् ।
बैंक तथा वित्तिय संस्थाहरूको छाता संस्था नेपाल बैंकर्स संघले असारमा निक्षेपको ब्याजदर घटबढ नगर्ने निर्णय गरेको हो ।
वैशाखयता बैंक तथाि वित्तिय संस्थाहरूको ब्याजदर यथावत नै छ ।
जेठ महिनामा वाणिज्य बैंकहरुको व्यक्तिगत मुद्धति निक्षेपमा ९.९९ प्रतिशत, संस्थागत मद्दति निक्षेपमा ७.९९९ प्रतिशत ब्याजदर तोकिएको थियो ।
त्यस्तै बचत खातामा भने ५.४ प्रतिशतदेखि ७.४ प्रतिशतसम्म ब्याजदर तोकेको थियो । अब आगामी असारमा पनि सोही ब्याजर कायम हुने संघले जनाएको छ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया