NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

सेयर बजारमा हरियाली, ४ अर्ब १२ करोडको कारोबार

काठमाडाैं ।  धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३४.१७ अङ्कले उकालो लागेर २०२०.६४ मा पुगेको छ ।

मंगलबार २७० स्टकको ७० हजार ७५९ पटक कारोबारमा एक करोड ८ लाख १ हजार ६९३ कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब १२ करोड ६६ लाख ९५ हजार रूपैयाँको कारोबार भएको छ ।

कारोबार भएका कूल १३ वटै उपसमूहको शेयर मूल्यमा वृद्धि भएको छ । सबैभन्दा बढी उत्पादन ४.३२ प्रतिशतले बढेको छ । अन्य उपसमूहरूमा बैंकिङ ०.६१, विकास बैंक १.५७, वित्त २.१९, होटल तथा पर्यटन २.३०, हाइड्रोपावर १.९३, लगानी १.९२, जीन बीमा २.७३, माइक्रोफाइनान्स २.६४, म्युचल फण्ड १.१९, नीर्जीवन २.१६, अन्य १.१२ र व्यापार २.४२ प्रतिशतले बढेको छ ।

मंगलबार विन नेपाल लघुवित्त, भूगोल इनर्जी डेपलपमेन्ट कम्पनी र सिटी होटलको सेयरमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै प्रभु स्मार्ट फण्डको सेयरमा नकारात्मक सर्किट लागेको छ ।

मंगलबार कारोबार रकमको आधारमा शिवम् सिमेन्टको सर्वाधिक २७ करोड ६६ लाख ८७ हजार रूपैयाँको कारोबार भएको छ । दोस्रोमा हिमालय डिष्टिलरीको १७ करोड ५० लाख ९५ हजार रूपैयाँको कारोबार भएको छ । आइजीआइ प्रुडेन्सिलयको १६ करोड २६ लाख ७८ हजार, सोल्टी  होटल १२ करोड १८ लाख ४६ हजार र नेपाल लाइफ इन्स्योरेन्स ८ करोड ८३ लाख रूपैयाँको कारोबार भइ शीर्ष पाँचमा प्रवेश गरेका छन् ।