NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

एक्लै बस्दा के हुन्छ ?

एजेन्सी । प्रख्यात ग्रीक दार्शनिक एरिस्टोटलले भनेका छन्, ‘मानिस स्वभावैले सामाजिक प्राणी हो’ । यसको अर्थ व्यक्ति सामाजिक र भावनात्मक रूपमा एकअर्कामा निर्भर छ।

यो सामाजिक दृष्टिकोणले मात्र होइन, राम्रो स्वास्थ्यको लागि पनि आवश्यक छ। यदि कुनै व्यक्ति एक्लै बस्छ र आफ्नो भावना दबाउँछ भने त्यस्तो व्यक्तिमा गम्भीर स्वास्थ्य समस्या देखिन्छ ।

तनाव र चिन्ताका कारणा व्यक्तिले मनमा कुराहरु खेलाउँछ । उसलाई मनको भावना पोख्न र आफ्नो कुरा राख्न साथी, परिवारको आवश्यकता पर्छ । जब व्यत्तिले आफ्नो भावना अरुलाई भन्दैन र दबाउँछ तब उसले एक्लोपन महसुस गर्छ । तर स्वास्थ्य विशेषज्ञका अनुसार यसले व्यक्तिको स्वास्थ्यमा प्रत्यक्ष असर गर्छ । एक्लोपनले नै व्यक्तिलाई मानसिक समस्यामा धकेल्छ ।

के हुन्छ एक्लै बस्दा ?

मानसिक स्वास्थ्य विशेषज्ञहरूका अनुसार जब तपाईंसँग आफ्नो भावना व्यक्त गर्न कोही हुँदैन् यसले तपाईको स्वास्थ्यलाई असर गदै लैजान्छ। एक्लोपनले गर्दा नै व्यक्ति डिप्रेसनमा पुग्छ । व्यक्ति एक्लो हुँदा ब्लड प्रेसर र सुगरको समस्या पनि उच्च हुन्छ ।

कमजोर प्रतिरक्षा प्रणलीसँगै उसको मनोबल पनि कमजोर हुन्छ । एक्लोपनले तनाव बढ्छ । जसले शरीरले बनाउने निश्चित हर्मोनहरूलाई ट्रिगर गर्छ। यसले नै उसको क्षमतामा ह्रास आउँछ । फलतः व्यक्ति हरेक कुरामा डराउन थाल्छ । उसमा केही गरौं भन्ने भावनाकोसमेत एक्लोपनले अन्त्य गराउँछ ।

एक्लोपनले व्यक्तिको समस्या समाधान गर्ने र साच्ने शैलीमा नै परीवर्तन गराउँछ । व्यक्तिको सकारात्मक भावना हराउनुका साथै सम्झने क्षमतामा पनि कमी आउँछ । एक्लोपनले व्यक्ति मस्तिष्क रोगमा समेत पुग्न सक्छ ।

त्यसैले एक्लोपनबाट टाढा रहने कोसिस गर्नुपर्छ । मनको भावना व्यक्त गर्न सक्नुपर्छ । मनको कुरा साझा गर्दा धेरै हदसम्म व्यक्तिले एक्लो महसुस गदैन र मानसिक स्वास्थ्य पनि स्वस्थ रहन्छ ।