NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ भदौ १९ गते

नेपाल मेडिकल कलेजको ओपीडी सेवा अनिश्चितकालको लागि बन्द

काठमाडौं। नेपाल मेडिकल कलेजले अनिश्चितकालको लागि ओपीडी सेवा बन्द गरेको छ । अस्पतालले एक सूचना जारी गर्दै ओपीडी सेवा अनिश्चितकाल लागि बन्द हुनेबारे जानकारी गराएको हो ।

एक जना बिरामीका आफन्तले अस्पताल परिसरमा नाराजुलुस हुलहुज्जत गरी तोडफोड गरेपछि ओपीडी सेवा अनिश्चितकालका लागि बन्द गरेको सूचनामा उल्लेख गरेको छ ।

अस्पतालले अस्पताल परिसरभित्र अवाञ्छित क्रियाकलाप गरी अस्पतालमा कार्यरत चिकित्सकीय सेवा प्रदायक चिकित्सक तथा अन्य कर्मचारीहरूलाई कुटपिट गरी, अप्रिय शब्दरू प्रयोग गरी शान्ति सुरक्षामा बाधा पुगेको भन्दै तोडफोडमा संलग्न व्यक्तिलाई कारबाही नभएसम्म र स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षाको प्रत्याभूति नभएसम्म इमर्जेन्सीबाहेक अन्य सबै सेवा बन्द गरेको जनाएको छ।

उक्त अस्पतालमा हिजो साँझ ५ बजेको समयमा भर्ना भइ उपचाररत गोकर्णेश्वर नगरपालिका, माकलबारीनिबासी ७१ वर्षीय सुवर्ण कुमार धितालको विषयलाई  लिएर आफन्त र उत्तेजित भीडले तोडफोड गरेका थिए ।

ताजा अपडेट

नेपालवाच विशेष