पूर्वपर्यटनमन्त्री आलेले किराँतीलाई भने – भ्रम छरेर निगम नाफामा छ भन्ने ?
काठमाडौं । सांसद प्रेम आलेले संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीलाई राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले नाफा कमाएको विषयमा जनतामा भ्रम छरेको आरोप लगाएका छन् ।
पूर्वपर्यटनमन्त्रीसमेत रहेका आलेले आज संसदमा बोल्दै निगमको यथार्थ आर्थिक अवस्था सार्वजनिक गर्न माग गरेका छन् ।
महालेखापरिक्षकको प्रतिवेदन र अर्थमन्त्रालयको सर्वेक्षणमा निगमको घाटा एक अर्ब ७० करोड देखिएको छ । त्यस्तै, निगमको कुल ऋण ५० अर्ब नाघिसकेको अवस्थामा तीन महिनामा निगमले ४ अर्ब नाफा कमायो भनेर पर्यटनमन्त्री किराँतीले सञ्चारमाध्यमले झुट बोलेको आलेले बताए ।
‘आजको दिनमा जनतालाई भ्रम छर्न पाइदैंन । सदनमार्फत निगमको यर्थाथ आर्थिक अवस्था, कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषका लाखौं बचतकर्तालाई जानकारी गराउन माग गर्छु,’ उनले भने ।
त्यस्तै, दुई कोषको ऋण नतिरेर तीनवटा जहाज खरिद गर्ने कुरामा पनि कुनै सत्यता नरहेको आलेको दाबी छ । सकिन्छ भने थन्किएका जहाजहरूको व्यवस्था गर्न उनले चुनौती दिएका छन् ।
हाल निगमका आन्तरिकतर्फका पाँच चिनियाँ जहाजहरू थन्किएको अवस्थामा छन् ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया