पार्ले एग्रोको नयाँ कार्बोनेटेड पेय पदार्थ ‘बि फिज’ नेपाली बजारमा
काठमाडौं । भारतको सबैभन्दा ठूलो पेय पदार्थ कम्पनी पार्ले एग्रोले आफ्नो नयाँ पेय ‘बि फिज’ नेपाली बजारमा प्रस्तुत गरेको छ । स्याउको स्वादमा अद्वितीय र स्फूर्तिदायी यो माल्ट स्वादयुक्त कार्बोनेटेड पेय नेपालमा पहिलो पटक प्रस्तुत गरिएको कम्पनीले जनाएको छ ।
सबै उमेर समूहका उपभोक्ताहरूको स्वादको अनुभवमा परिवर्तन गर्ने विश्वास पार्ले एग्रोले लिएको छ ।
बि फिज नयाँ स्पार्कलिङ फ्रुट ड्रिंक हो । यो वर्ष पार्ले एग्रोले नेपालमा एप्पि फिज प्रस्तुत गरेको थियो । यो पेय पदार्थ माल्ट स्वादमा भएका कारण बियरको स्वादसँग पारगंत परिपक्क जनमानसका लागि पनि उत्तिकै रोमाञ्चक स्वादमा प्रस्तुत भएको कम्पनीले दाबी गरेको छ ।
पार्ले एग्रोकी प्रबन्ध निर्देशक तथा सिएमओ नादिया चौहान भन्छन्, ‘पार्ले एग्रो आफ्ना उपभोक्ताहरूका लागि अनुभवहरू बढाउन सधैं अगाडि रहन्छ। हामी नयाँ आयामहरू प्रस्तुत गर्न तत्पर छौं, त्यसैले उपभोक्ताहरूलाई नयाँ स्वाद र नयाँ अनुभवहरूसँग परिचय गराउने प्रयास गर्छौं, जुन हाल B Fizz ले गर्छ। ३० रूपैयाँबाट नै यसको मूल्य सुरु गरेर हामी झन् धेरै उपभोक्तासमक्ष पुग्ने प्रयासमा छौं ।’
पार्ले एग्रोले एप्पी फिज र फ्रुटीका लागि आफ्नो विद्यमान वितरण सहकार्यलाई विस्तार गर्दै नेपालमा बि फिज वितरण गर्न विशाल ग्रुपको पेय पदार्थ कम्पनी साउथ एसियन बेभरेजेजसँग सहकार्य गर्न लागेको जनाएको छ।
साउथ एशियन बेभरेज प्रा. लिमिटेडका प्रबन्ध निर्देशक आशिष अग्रवाल भन्छन्, ‘पार्ले एग्रोको नयाँ उत्पादन बि फिजको वितरण गर्नका लागि हामी तयार छौं, उत्सुक छौं र उत्तिकै उर्जाका साथ लागिपरेका छौं । यो भन्दा अगाडि Appy Fizz लाई छ महिनामै नेपालको सबै क्षेत्रका बजार र युवाहरूसमक्षा उल्लेखनीय रूपले लिएर जान सकेका थियौँ र अब बि फिज पनि सोही रूपले लाने हौसला र विश्वास हामीसँग छ ।’
ताजा अपडेट
-
रास्वपाको स्वकीय सचिव नियुक्तिमा नातेदार राख्न नपाइने
-
सुनको भाउ तोलाको ५८ सयले घट्यो
-
फ्रान्समा १५ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाइने
-
स्वास्थ्य बीमा बोर्डद्वारा २०८२ पुससम्म २५ अर्बभन्दा बढी दाबी भुक्तानी
-
भोजन गृहमा श्रावण विशेष सांस्कृतिक साँझ, नियमित मूल्यमा भारी छुट


प्रतिक्रिया