क्यान्टिनमा गफ गरेर बस्ने सिंहदरबारका २१ कर्मचारी सतर्कताको फन्दामा
काठमाडौं । सरकारी कार्यालयमा तोकिएको खाजा समय हो १ः३० देखि २ः ०० बजे । बुधबार दिउँसो खाजा समय सकिएपछि राष्ट्रिय सतर्कता केन्द्रको टोलि अनुगमनका लागि सिंहदरबारका क्यान्टिनतिर हानियो ।
अनुगमनका क्रममा मुद्रण विभाग, अर्थ मन्त्रालय, नेपाल टेलिभिजन, कृषि मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालयका कर्मचारीहरू खाजा अवधी सकिएपछि पनि गफ गरेर समय काटिरहेको अवस्थामा भेटिए ।
यसरी अनुगमन गर्ने क्रममा उल्लिखत कार्यालयका २१ जना कर्मचारी सतर्कताको फन्दामा परेका छन् । अधिकृतदेखि उपसचिव स्तरका कर्मचारीहरूलाई सतर्कताले सो अवस्थामा भेटेको हो ।
केन्द्रका डिआइजी निरञ्जन विष्टका अनुसार तोकिएको खाजा समयवाहेक पनि क्यान्टिनमा बसेर गफ लगाउने र अन्य विभिन्न ‘डिलिङ’ मा कर्मचारीहरू व्यस्त रहने गरेको पाइएपछि अनुगमन गरिएको हो ।
यसरी क्यान्टिनमा बसेर समय बिताउने कर्मचारीलाई कारवाही गर्नका लागि सम्बन्धित कार्यालयमा पत्राचार गरिने विष्टले जानकारी दिए ।
ताजा अपडेट
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै


प्रतिक्रिया