प्रधानन्यायाधीशमा कार्की सर्वसम्मत अनुमोदित
काठमाडौं । प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की सर्वसम्मत रूपमा अनुमोदित भएका छन्। शुक्रबार संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा कार्कीको नाम अनुमोदन गरेको हो।
प्रधान्यायाधीशमा कार्कीको नाम संसदीय सुनवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ। आगामी साउन २० गतेबाट ६५ वर्ष उमेरहद पार गरी अनिवार्य अवकासमा जान लागेका उनी इजलासमा भने २० दिन मात्र जान पाउनेछन् ।
कानुनमा व्यवस्था भएअनुसार अवकासमा जानु एक महिनाअघि बिदामा बस्ने प्रचलन रहेको छ । काकीले बिहीबार न्यायालय सुधारका लागि वार्षिक कार्ययोजना पेश गरेका थिए । २५ बैशाखमा संवैधानिक परिषद्ले उनलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो । उनीविरूद्ध २९ जनाले उजुरी दर्ता गराएका थिए ।
ताजा अपडेट
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम


प्रतिक्रिया