प्रधानन्यायाधीशमा कार्की सर्वसम्मत अनुमोदित
काठमाडौं । प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की सर्वसम्मत रूपमा अनुमोदित भएका छन्। शुक्रबार संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा कार्कीको नाम अनुमोदन गरेको हो।
प्रधान्यायाधीशमा कार्कीको नाम संसदीय सुनवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ। आगामी साउन २० गतेबाट ६५ वर्ष उमेरहद पार गरी अनिवार्य अवकासमा जान लागेका उनी इजलासमा भने २० दिन मात्र जान पाउनेछन् ।
कानुनमा व्यवस्था भएअनुसार अवकासमा जानु एक महिनाअघि बिदामा बस्ने प्रचलन रहेको छ । काकीले बिहीबार न्यायालय सुधारका लागि वार्षिक कार्ययोजना पेश गरेका थिए । २५ बैशाखमा संवैधानिक परिषद्ले उनलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो । उनीविरूद्ध २९ जनाले उजुरी दर्ता गराएका थिए ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया