NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १९ गते

आँपको अचार लामो समयसम्म टिकाउन यसरी बनाउनुहोस्

एजेन्सी । आँपको अचार मन पर्नेहरुले गर्मी आउन साथ आँपको अचार बनाएर राख्छन् । आँप गर्मी मौसममा अत्यधिक खाइने फलसमेत हो । सिजनमा यसको स्वाद पनि मिठो हुन्छ । तर धेरैको गुनासो आँपको अचार बनाए पनि लामो समयसम्म नटिक्ने र केही महिनामै अचार बिग्रने हुन्छ । खासमा अचार बिग्रनुको पछाडि केही गल्ती हुन सक्छन् । आज हामी यस लेखमा लामो समय आँपको अचार बनाएर राख्ने तरिका बताउछौं ।

अचार बनाउनुअघि यसमा हाल्नुपर्ने साम्रगी

काँचो आप, मेथी, रातो खुर्सानी, नुन, सौफ, कालो जिरा, बेसार, तोरीको तेल

अचार बनाउने विधि

अचार बनाउनुभन्दा पहिला काँचो आप लिनुहोस् र यसलाई काट्नुहोस् । धेरै सानो सानो टुक्रा अचारका लागि राम्रो हुँदैन् । त्यसैले ठिक्कको टुक्रा बनाउनुहोस् । धेरैजनाको अचार समयअगावै बिग्रनुको एक कारण यसलाई घाममा नसुकाएर पनि हुन सक्छ ।

ध्यान दिनुहोस्, अचार बनाउनुअघि कोटेको आपँको टुक्रा मज्जाले नसुक्दा सम्म सुकाउनु पर्छ । यसले अचार लामो समयसम्म टिक्छ र बिग्रदैंन् । आँप राम्ररी घाममा सुकेपछि आँपको मात्रा अनुसारमा तोरीको तेल एउटा भाँडोमा लिनुहोस् ।

अचारमा तेल कम हुँदा यो लामो समय टिक्दैन् । त्यसैले तेल उचित मात्रामा हाल्नु अत्यावश्यक छ । यसमा ध्यान दिनुहोस् । अब तेलमा माथि उल्लेखित सबै मसला स्वाद र मात्रा अनुसार राख्नुहोस् र यसलाई मज्जाले चलाउनुहोस् । यसले सबै मसला राम्रोसँग मिक्स हुन्छ। यसरी बनाएको अचार स्वादिलो पनि हुन्छ । तेल र मसला एक अर्कामा राम्रोसँग घुलेपछि यो मिश्रणमा अब अचार बनाउन राखेको आँपको टुक्रा हाल्नुहोस् र राम्रोसँग मोल्नुहोस् ।

आँपको सबै भागमा मसला पुग्ने गरी मोलेपछि तपाईको अचार तयार हुन्छ । अब अचारलाई भाँडोमा राखेर एक हप्तासम्म घाममा राख्नुहोस् । याद राख्नुहास् कि अचारलाई चर्को घामको आवश्यक पर्छ । घाममा धेरै नसुकेको अचार छिटै बिग्रने र ढुसी पर्ने हुन्छ । यसरी बनाएको अचार धेरै लामो समयसम्म टिक्छ । कतिपयले अचारमा काँचो तेल अर्थात तेललाई तात्न नदिई राख्छन् । यसले पनि अचार बिग्रने गर्छ । अचारको लागि तेल तातो हुनु जरुरी छ ।