NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख ६ गते

कस्तो छ आजको तरकारी बजारभाउ ?

काठमाडाैं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि तरकारी तथा फलफूलको मूल्यसूची सार्वजनिक गरेको छ । आज कालीमाटीमा तरकारी र फलफूलको भाउ प्रतिकेजी ८ रुपैयाँदेखि ६०० रुपैयाँसम्म छ ।

आज सबैभन्दा सस्तो मुला सेतो (लोकल) र गोलभेंडा सानो (टनेल) प्रतिकेजी ८ रूपैयाँ रहेको छ । त्यस्तै सबैभन्दा महंगो आभोकाडो र किभी प्रतिकेजी न्युनतम ६ सय रूपैयाँ केजीदेखि अधिकतम ७ सय रूपैयाँ  रहेको छ ।

गोलभेंडा ठूलो (नेपाली)  प्रतिकेजी न्युनतम ३० रूपैयाँदेखि अधिकतम ३६ रूपैयाँसम्म र गोलभेंडा ठूलो (भारतीय) न्युनतम ४० रूपैयाँदेखि अधिकतम ५० रूपैयाँसम्म रहेको छ । त्यस्तै गोलभेंडा सानो (टनेल) को प्रतिकेजी न्युनतम ६ रूपैयाँदेखि अधिकतम १० रूपैयाँसम्म छ ।

आलु (रातो) प्रतिकेजी न्युनतम ४२ रूपैयाँदेखि अधिकतम ४६ रूपैयाँ, आलु रातो (मुडे) न्युनतम न्युनतम ३८ रूपैयाँदेखि अधिकतम ४० रूपैयाँ, गाँजर (लोकल) न्युनतम एक सय रूपैयाँ, अधिकतम ११० रूपैयाँ, बन्द (लोकल) न्युनतम १० रूपैयाँदेखि अधिकतम १५ रूपैयाँ, काउली (स्थानीय) न्युनतम ७० देखि अधिकतम ८० रूपैयाँ रहेको छ ।

त्यस्तै मुला रातो (लोकल) न्युनतम ३० रूपैयाँदेखि ४० रूपैयाँसम्म, भन्टा लाम्चो न्युनतम ३० रूपैयाँदेखि ३५ रूपैयाँसम्म, भन्टा (डल्लो)  न्युनतम ५० रूपैयाँदेखि अधिकतम ६० रूपैयाँसम्म, बोडी (न्युनतम) ५० रूपैयाँदेखि अधिकतम ६० रूपैयाँसम्म छ ।

लिची न्युनतम १२० रूपैयाँदेखि अधिकतम १५० रूपैयाँसम्म, केरा अधिकतम १२० रूपैयाँदेखि १३० रूपैयाँसम्म छ ।

यो थोक मूल्य हो । बजारमा उपभोक्ताले यो भन्दा बढी मूल्य तिर्नुपर्ने बाध्यता छ ।

ताजा अपडेट

नेपालवाच विशेष