NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २६ गते

झिनो अंकले घट्यो नेप्से, यी कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडाैं । लगातार उकालो लागेको सेयर बजार सोमबार ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २.९४ अङ्कले घटेर लागेर दुई हजार ९१ दशमलव ३९ विन्दुमा पुगेको छ ।

आज २७६ स्टकको ६९ हजार १६८ पटक कारोबारमा १ करोड २९ लाख ७५ हजार १६८ कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब ७४ करोड ६ लाख ८ हजार ८८०  रूपैयाँको कारोबार भएको छ ।

कारोबार भएका कूल १३ उपसमूहमध्ये पाँच उपसमूहबाहेकका उपसमूह विकास बैंक ३.४९, वित्त ५.२२, लगानी ३.०८, म्युचल फण्ड ३.२३ र अन्य २.१७ प्रतिशतले बढेको छ ।

घटेका उपसमूहरूमा बैंकिङ ०.६७, होटल तथा पर्यटन १.६१, जलविद्युत ०.७४, जीवन बीमा १.६७, उत्पादन ०.९५, माइक्रोफाइनान्स ०.७५, नीर्जीवन २.४८ र व्यापार ०.४६ प्रतिशतले घटेको छ ।

नेप्सेका अनुसार कारोबार आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ । उक्त  कम्पनीको २९ करोड ८२ लाख १३ हजार बराबरको कारोबार भएको छ । यस्तै,  नेपाल दुरसञ्चारको १८ करोड १३ लाख ३४ हजार, सोल्टी होटल १७ करोड ८९ लाख २५ हजार, आइजिआइ प्रुडेन्सियल १७ करोड २० लाख ६८ हजार र हाइड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्टको १२ करोड ८२ लाख ६६ हजार रूपैयाँ बराबरको कारोबार भइ शीर्ष पाँच भित्र पर्न सफल भएका छन् ।

आज एक दर्जन कम्पनीका सेयरमा सकारात्मक सर्किट लागेको छ । सेन्ट्रल फाइनान्स, लक्ष्मी इक्युटी फण्ड, माउन्टेन इनर्जी नेपाल, विपिडब्ल्यु लघुवित्त, मेन्छ्योम हाइड्रोपावर र सिटी होटलको सेयरमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै युनिक नेपाल लघुवित्तको सेयरका नकारात्मक सर्किट लागेको छ ।

नेपाल इन्स्योरेन्स, प्रभु लाइफ इन्स्योरेन्स, ग्रीन भेञ्चर, सुपर म्यादी हाइड्रोपावरलगायत एक दर्जन कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ ।