NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

चन्दनको प्रयोगः डण्डिफोर निर्मुल पार्नदेखि चाँयापोतो हटाउनसम्म

एजेन्सी । आयुर्वेदमा चन्दनलाई पवित्र मानिन्छ । यसलाई पूजाआजामा पनि विशेष स्थान दिइएको छ । तर चन्दन केबल पुजाआजामा मात्र नभएर स्वस्थ छालाका लागि पनि प्रभावकारी छ ।

यसमा एन्टिअक्सिडेन्ट गुणहरु प्रशस्त्र मात्रामा पाइन्छन् । जसले डण्डिफोर, रिङकल, चायापोतो, दागहरु जस्ता छालासम्बन्धी समस्यालाई निर्मूल पार्न मद्त गर्छ । यी बाहेक, छालामा यसका निम्न फाइदाहरु छन्,

चाउरीपनामा चन्दन

चन्दनमा एन्टिअक्सिडेन्ट गुण हुने भएकाले यसले अनुहार चाउरी पर्नबाट जोगाउँछ । यसको दिनहुँ प्रयोगले अनुहारमा चाउरीपना कम गर्नुका साथै छालासम्बन्धी समस्याबाट पनि राहत मिल्छ ।

चाँयापोतोमा चन्दन

धेरैजना अनुहारमा चाँयापोतो आएर पिडित हुन्छन् । यसको लागि मंहगो क्रिम तथा उपचारसमेत गरिरहेका हुन्छन् । तैपनि यो समस्याबाट मुक्ति पाउन सक्दैनन् । तर चन्दनको प्रयोगले यो समस्याबाट छुटकारा पाउन सकिन्छ । यसमा यस्ता गुणहरु छन् जुन चाँयापातोको समस्यामा लाभदायिक मानिन्छ । चन्दनमा एन्टिसेप्टिक गुण हुन्छ । जसले छालामा ब्याक्टेरियाको वृद्धिलाई कम गर्छ ।

दागधब्बाको समस्यामा चन्दन

चन्दन अनुहारका दाग, धब्बाहरुको लागि पनि उपयोगी छ । यसमा हुने गुणले छालामा यस्ता समस्याहरु हटाइ छाला चम्किलो बनाउँछ । यदि तपाईको अनुहार कालो छ भने पनि चन्दनको प्रयोग गर्न सक्नुहुन्छ । यसले अनुहार गोरो बनाउँछ ।

सन टेनिङमा चन्दन

चर्को घाममा हिँड्दा सन टेनिङको समस्या हुन्छन् । जसले छालामा प्रत्यक्ष असर गर्छ । असर गरेको छालामा चन्दन लगाउँदा टेनिङको समस्या हटछ । चन्दन छालाको लागि धेरै प्रभावकारी मानिए पनि कोहीकसैमा यसको एलर्जी पनि हुन सक्छ । यस्तो अवस्थामा भने छालामा चन्दनको प्रयोग गर्नुहुँदैन ।