सिटिजन्स बैंकका ग्राहकले वेबोर होम अप्लायन्सको सेवामा छुट पाउने
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडका कार्डबाहक ग्राहकले वेबोर होम अप्लायन्सको सेवामा विशेष छुट पाउने भएका छन् ।
छुट दिने सम्बन्धी सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड र तिनकुने, काठमाडौं स्थित वेबोर होम अप्लायन्स बीच तिनकुने, काठमाडौंस्थित वेबोर होमबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले वेबोर होम अप्लायन्स बीचमा २० प्रतिशत सम्मको आकर्षक छुट पाउने बैंकले जनाएको छ।
यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।
हालसम्म बैंकले १८३ वटा शाखा, ३ वटा विस्तारित काउण्टर, १४० वटा एटिएम, ६ वटा कियोस्क सेवा र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।
ताजा अपडेट
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम
-
सशस्त्र प्रहरीद्वारा दशैँको अवसरमा काठमाडौँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन


प्रतिक्रिया