NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

संसदीय समितिलाई परराष्ट्रमन्त्री साउदको जवाफ : नक्साबारे बारम्बार प्रश्न गर्नु आवश्यक छैन

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले भारतको नयाँ संसद भवनमा राखिएको अखण्ड भारतको म्युरल नक्सालाई प्रमुख प्रतिपक्षी दलका सांसदहरूले बारम्बार प्रश्न गरीराख्नु आवश्यक नभएको बताएका छन् ।

मंगलबार प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिलाई प्रधानमन्त्रीको भारत भ्रमणको विषयमा समितिमा उठेका प्रश्नको जवाफ दिँदै म्युरल नक्सालाई लिएर विपक्षीले बारम्बार प्रश्न गरेकोमा गुनासो पोखेका हुन् ।

सम्राट अशोकको समयमा साम्राज्यको फैलावट जनाइएको भनी राखिएको नक्सा राजनीतिक नभए भारती पक्षले आधिकारिक रूपले स्पष्ट पारिसकेको अवस्थामा विवाद झिक्नु उपयुक्त नभएको उनको भनाइ छ ।

‘संविधान संशोधन गरी २०७७ साल असार ४ गते सर्वसम्मत रूपमा नेपालको नयाँ नक्सा जारी गरी अनुसूची ३ मा निशान छापसमेत लगाइ अध्यावधि गरिसकेको छ’, उनले भने, ‘त्यसैले हाम्रो नक्सालाई हमेसा विवाद गरिराख्नु आवश्यक छैन । अपोजिसनमा बसेका सांसदहरूले रातोदिन नक्साकाबारेमा धारणा के हो भनि राख्न आवश्यक छैन ।

मन्त्री साउदले अखण्ड भारतको नक्साका विषयमा भारतीय पक्षसँग कुरा गरी प्रतिवेदन पाउन नयाँ दिल्लीस्थित नेपाली दुतावासलाई निर्देशन गरिसकेको समितिलाई स्पष्ट पारे । दुई देशको संवेदनशील विषयमा देशको प्रधानमन्त्रीको भ्रमणको सन्दर्भमा परराष्ट्र मन्त्रीले बोलेको अभिव्यक्तिले त्यो देशको भ्रमण र सम्बन्धका बारेमा पूर्ण जानकारी नलिई बोल्नु परिपक्व नहुने उनले जिकिर गरे ।

‘नक्साको बारेमा दुताबास वा भारतको तर्फबाट आधिकारी धारणा नआइसकेको अवस्थामा हतारमा सरकारले प्रतिक्रिया दिनु कुटनीतिक रूपले राम्रो मानिँदैन’, उनले भने ।

यसैगरी इपिजीमा के लेखिएको छ वा छैन भन्ने विषयमा नेपाल सरकारलाई जानकारी नभएको बताए । चिया गफ गरेको भरमा प्रतिक्रिया दिन उचित नभएको भन्दै उनले त्यसबारे आधिकारिक रूपमा कुनै जानाकारी नआएको समितिले जानकारी गराएका थिए । जेठ (१७–२०) गतेसम्म प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको उच्चस्तरी राजनीति भ्रमणको क्रममा भारतीय पक्षसँग ठोस कुराकानी नभएको आरोप लगाउँदै विपक्षी दलहरूले प्रधानमन्त्रीको आलोचना गरेका थिए ।

ताजा अपडेट

नेपालवाच विशेष