पोखरा विमानस्थलमा पहिलो अन्तर्राष्ट्रिय जहाज अवतरण
काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार पहिलो अन्तर्राष्ट्रिय व्यवसायिक उडान भएको छ ।
सञ्चालनमा आएको ६ महिनापछि पहिलो अन्तर्राष्ट्रिय चार्टर उडान भएको हो । चीनको छेन्दु–तियान्फु अन्तर्राष्ट्रिय विमानस्थलबाट आएको सिचुवान एयरलाइन्सको जहाज बिहान ९ बजेर १ मिनेटमा विमानस्थलमा अवतरण भएको नागरिक उड्डयन प्राधिकरणले जनाएकाे छ ।
सोही विमानमा चीन भ्रमणमा रहेका राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित १ सय ३० जना यात्रु सिधै पोखरा उत्रिएका थिए । पोखराको फेवातालमा यही असार ८ र ९ गते आयोजना हुन लागेको नेपाल चाइना ड्रागन बोट रेस फेस्टिभलमा सहभागी हुने खेलाडीसहितका यात्रु लिएर जहाज आएको हो ।
ताजा अपडेट
-
रास्वपाको स्वकीय सचिव नियुक्तिमा नातेदार राख्न नपाइने
-
सुनको भाउ तोलाको ५८ सयले घट्यो
-
फ्रान्समा १५ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाइने
-
स्वास्थ्य बीमा बोर्डद्वारा २०८२ पुससम्म २५ अर्बभन्दा बढी दाबी भुक्तानी
-
भोजन गृहमा श्रावण विशेष सांस्कृतिक साँझ, नियमित मूल्यमा भारी छुट


प्रतिक्रिया