पोखरा विमानस्थलमा पहिलो अन्तर्राष्ट्रिय जहाज अवतरण

काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार पहिलो अन्तर्राष्ट्रिय व्यवसायिक उडान भएको छ ।
सञ्चालनमा आएको ६ महिनापछि पहिलो अन्तर्राष्ट्रिय चार्टर उडान भएको हो । चीनको छेन्दु–तियान्फु अन्तर्राष्ट्रिय विमानस्थलबाट आएको सिचुवान एयरलाइन्सको जहाज बिहान ९ बजेर १ मिनेटमा विमानस्थलमा अवतरण भएको नागरिक उड्डयन प्राधिकरणले जनाएकाे छ ।
सोही विमानमा चीन भ्रमणमा रहेका राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित १ सय ३० जना यात्रु सिधै पोखरा उत्रिएका थिए । पोखराको फेवातालमा यही असार ८ र ९ गते आयोजना हुन लागेको नेपाल चाइना ड्रागन बोट रेस फेस्टिभलमा सहभागी हुने खेलाडीसहितका यात्रु लिएर जहाज आएको हो ।
प्रतिक्रिया