बागलुङ दुर्घटना अपडेट : मृत्यु हुनेको पहिचान खुल्यो
ढोरपाटन । बागलुङमा आज बिहान जीप दुर्घटना हुँदा ज्यान गुमाएका दुई जनाको पहिचान खुलेको छ ।
जिल्लाको गलकोटदेखि बागलुङ बजारतर्फ आउँदै गरेको ग १ च ९४८५ नम्बरको जीप काठेखोला गाउँपालिका–५ ठुलढुङ्गामा दुर्घटना भएको थियो ।
दुर्घटनामा जीप चालक पर्वतको कुश्मा नगरपालिका–१ मालढुङ्गाका २९ वर्षीय राजेन्द्र माझी र जीपमा सवार जैमिनी नगरपालिका–१० राङ्खानीका ३६ वर्षीया दुर्गा पौडेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी मदन केसीले जानकारी दिए ।
उनका अनुसार दुवैको घटनास्थलमै मृत्यु भएको थियो । जीप मध्यपहाडी लोकमार्गदेखि पाँच सय मिटर तल खसेको सूचना अधिकारी केसीले बताए । जीप सडकभन्दा धेरै तल खसेकाले कति यात्रु सवार थिए भन्ने अहिलेसम्म एकीन हुन नसकेको उनले जानकारी दिए।
‘कस्मेटिक सामानको मार्केटिङ गर्ने गाडी रहेकाले अन्य यात्रु गाडीमा नभएको पनि हुन सक्छ’, केसीले भने । अहिले प्रहरी घटनास्थलमा पुगेर उद्धार गरी शव परीक्षणका लागि बागलुङ बजारस्थित धौलागिरि अस्पतालमा ल्याउने तयारी भइरहेको उनले बताए ।
ताजा अपडेट
-
लागुऔषध ट्याब्लेटसहित मोटरसाइकल नियन्त्रणमा
-
यातायात सहज भएसँगै लाङटाङमा पर्यटक बढ्दा व्यावसायी उत्साहित
-
तलेजुमा सर्वसाधारणद्वारा कुमारीको हातबाट टीका ग्रहण, तलेजुलाई देवगृह भित्र्याइयो
-
उपत्यकाका सडकमा सवारी चाप बढ्दै
-
अरूको दसैँ सुरक्षित बनाउँदा आफ्नै परिवारसँग टीका लगाउन नपाउनेहरू


प्रतिक्रिया