संघीय संसदमा नयाँ अभ्यास, सुदूरपश्चिम सरकारका मन्त्रीको निधनकाे शोकमा बैठक स्थगित

काठमाडौं । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको सवारी दुर्घटनामा परी उपचारका क्रममा निधन भएकामा शोक प्रस्ताव पारित गर्दै प्रतिनिधिसभा बैठक आधा घण्टाका लागि स्थगित गरिएको छ ।
स्व सिंह नेपाली कांग्रेसका तर्फबाट विसं २०७९ को प्रदेशसभा निर्वाचनमा बझाङ निर्वाचन क्षेत्र नं १ प्रदेशसभा १ बाट सुदूरपश्चिम प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।
लोकतान्त्रिक आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गरेका, ग्रामीण विकासमा उल्लेखनीय योगदान गरेका उनको मंगलबार गृह जिल्ला जाने क्रममा सवारी दुर्घटनामा परी निधन भएको थियो ।
६५ वर्षीय सिंहको दुर्घटनामा परी असामयिक निधन भएकामा प्रतिनिधिसभाको आजको बैठकले शोक प्रकट गरी श्रद्धाञ्जली अर्पण गरेको हो । दुर्घटनामा उनकी पत्नी र भाउजूको पनि निधन भएको थियो । प्रतिनिधिसभाको बैठकले शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदनासमेत प्रकट गरेको छ ।
ताजा अपडेट
-
बाँझिएको पाखोबारीमा झाडी फाडेर विद्यार्थीले गरे तरकारी खेती
-
असार बित्न लाग्दा पनि परेन पानी, खेतमै सुक्यो धानको ब्याड
-
प्रतिनिधि सभा बैठक बस्दै, प्रचण्डले सम्बोधन गर्ने
-
सरकारको एक वर्ष : आर्थिक क्षेत्रमा उल्लेख्य काम
-
कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पूर्वानुमान
प्रतिक्रिया