NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

नेप्सेमा दोहोरो अंकको गिरावट, ३ अर्ब ४९ करोडको कारोबार

काठमाडाैं । सोमबारयता सेयर बजार ओरालो लाग्ने क्रम जारी छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १४०५. अङ्कले घटेर लागेर दुई हजार ५० दशमलव ७८ विन्दुमा पुगेको छ ।

आज २७१ स्टकको ५९ हजार ८१३ पटक कारोबारमा ८६ लाख ५१ १६४ कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब ४९ करोड ६८ लाख २२ हजार २६० रूपैयाँको कारोबार भएको छ ।

कारोबार भएका कूल १३ उपसमूहमध्ये चार उपसमूहबाहेकका उपसमूह घटेका छन् । बढेका उपसमूहरूमा होटल तथा पर्यटन ४.८४, जीवन बीमा ०.११, उत्पादन ०.२७ र व्यापार ०.०९ प्रतिशतले बढेको छ ।

घटेका उपसमूहरूमा बैंकिङ ०.८२, विकास बैंक १.३६, वित्त १.६१, जलविद्युत १.६२, लगानी १.६०,  माइक्रोफाइनान्स १.०६, म्युचल फण्ड ०.९०, नीर्जीवन ०.१ र  अन्य ०.४८ प्रतिशतले घटेको छ ।

नेप्सेका अनुसार कारोबार आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ । उक्त कम्पनीको २३ करोड ६ लाख ४१ हजार रूपैयाँ बराबरको कारोबार भएको छ । यस्तै, सोल्टी होटल लिमिटेड १९ करोड ३५ लाख १६ हजार, हिमालय डिष्टिलरी १६ करोड ७६ लाख ४८ हजार, आइजिआइ प्रुडेन्सियल १२ करोड ८१ लाख ७० हजार र सिटिजन्स इन्भेष्टमेन्ट १० करोड २१ लाख १५ हजार रूपैयाँ बराबरको कारोबार भइ शीर्ष पाँच भित्र पर्न सफल भएका छन् ।

आज सिटी होटलको सेयरमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै ग्रीन भेञ्चरर्स लिमिटेडका लगानीकर्ते सर्वाधिक गुमाएका छन् ।