वीरगञ्ज महानगरको बजेट ३ अर्ब २१ करोड
काठमाडौं । वीरगञ्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष (आव) २०८०/८१ को लागि ३ अर्ब २१ करोड ३५ लाख ४४ हजार रुपैयाँको बजेट बिनियोजन गरेको छ ।
यो बजेट चालु आर्थिक वर्ष २०७९/८० को तुलनामा कम हो । चालु आव २०७९/८० मा कुल ४ अर्ब ४४ करोड ३४ लाख ४ हजार बजेट विनियोजन गरेको थियो ।
कुल विनियोजन रकममध्ये चालुतर्फ २ अर्ब ४८ करोड ८५ लाख पाँच हजार अर्थात ७७ प्रतिशत, पुँजीगतर्फ ६८ करोड ८७ लाख १५ हजार अर्थात २२ प्रतिशत र वित्तिय व्यवस्थातर्फ ३ करोड ६३ लाख २१ हजार अर्थात १ प्रतिशत छुट्याएको छ ।
त्यस्तै आगामी आर्थिक वर्षको लागि अनुगमान गरिएको खर्च व्यहोर्ने स्रोतहरुमध्ये आन्तरिक राजस्वबाट १ अर्ब २० करोड ४४ लाख ३० हजार, नेपाल सरकारको वित्तीय हस्तान्तरणबाट १ अर्ब ३३ करोड २१ लाख, संघीय राजस्व बाँडफाँटबाट २५ करोड २४ लाख ७० हजार रुपैयाँ, प्रदेश वित्तीय हस्तान्तरणबाट ४ करोड ४५ लाख ९५ हजार प्रदेश राजस्व बाँडफाँट २ करोड ८७ लाख व्यहोरिने बजेटमा उल्लेख गरेको छ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया