NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

वीरगञ्ज महानगरको बजेट ३ अर्ब २१ करोड

काठमाडौं । वीरगञ्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष (आव) २०८०/८१ को लागि ३ अर्ब २१ करोड ३५ लाख ४४ हजार रुपैयाँको बजेट बिनियोजन गरेको छ ।

यो बजेट चालु आर्थिक वर्ष २०७९/८० को तुलनामा कम हो । चालु आव २०७९/८० मा कुल ४ अर्ब ४४ करोड ३४ लाख ४ हजार बजेट विनियोजन गरेको थियो ।

कुल विनियोजन रकममध्ये चालुतर्फ २ अर्ब ४८ करोड ८५ लाख पाँच हजार अर्थात ७७ प्रतिशत, पुँजीगतर्फ ६८ करोड ८७ लाख १५ हजार अर्थात २२ प्रतिशत र वित्तिय व्यवस्थातर्फ ३ करोड ६३ लाख २१ हजार अर्थात १ प्रतिशत छुट्याएको छ ।

त्यस्तै आगामी आर्थिक वर्षको लागि अनुगमान गरिएको खर्च व्यहोर्ने स्रोतहरुमध्ये आन्तरिक राजस्वबाट १ अर्ब २० करोड ४४ लाख ३० हजार,  नेपाल सरकारको वित्तीय हस्तान्तरणबाट १ अर्ब ३३ करोड २१ लाख, संघीय राजस्व बाँडफाँटबाट २५ करोड २४ लाख ७० हजार रुपैयाँ, प्रदेश वित्तीय हस्तान्तरणबाट ४ करोड ४५ लाख ९५ हजार प्रदेश राजस्व बाँडफाँट २ करोड ८७ लाख व्यहोरिने बजेटमा उल्लेख गरेको छ ।