भारतीय फिल्मको प्रदर्शन नरोक्न उच्च अदालतको अन्तरिम आदेश
काठमाडौं । उच्च अदालत पाटनले काठमाडौं महानगरभित्रका फिल्म हलहरुमा भारतीय फिल्मको प्रदर्शन नरोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।
महानगरका प्रमुख (मेयर) बालेन शाहले भारतीय फिल्म महानगरभित्र चलाउन नदिने निर्देशनविरूद्ध नेपाल चलचित्र संघले रिट दायर गरेको थियो । उक्त रिटमा उच्च अदालतले सुनुवाइ गर्दै न्यायाधीश धिरबहादुर चन्दको एकल इजलासले भारतीय फिल्म नरोक्न आदेश अन्तरिम जारी गरेको हो ।
मेयर शाहले भारतीय फिल्म ‘आदिपुरुष’ मा ‘जानकी भारतकी छोरी हुन्’ भन्ने आशयको संवाद मूल संस्करणबाट नहटाएसम्म मनहटाएसम्म महानगरभित्र कुनै पनि भारतीय चलचित्र प्रदर्शनमा रोक लगाएपछि देशभर चलचित्रको प्रदर्शन रोकिएको थियो ।
ताजा अपडेट
-
हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
-
आज सातै प्रदेशले बजेट ल्याउँदै, पूर्वाधार निर्माण प्राथमिकतामा
-
अलोका कुकुरसहितको ‘शान्ति पदयात्रा’ टोली लुम्बिनीमा
-
बर्खा लाग्न थालेपछि वस्तुभाउ लिएर लेक उक्लिए गोठाला
-
निजी लगानीमा क्रिकेट पूर्वाधार फस्टाउँदै, सरकारी रङ्गशाला अझै अधुरो


प्रतिक्रिया