नेप्सेमा एकल अंकको करेक्सन, यी कम्पनीको भयो सर्वाधिक कारोबार
काठमाडाैं । साताको अन्तिम कारोबार दिन नेप्सेमा एकल अंकको सुधार देखिएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४.७५ अङ्कले बढेर दुई हजार ५५ दशमलव ५३ विन्दुमा पुगेको छ ।
आज २७६ स्टकको ५६ हजार ५५६ पटक कारोबारमा ८० लाख ०८ हजार २४६ कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब ४४ करोड ४८ लाख ६२ हजार रूपैयाँको कारोबार भएको छ ।
कारोबार भएका कूल १३ उपसमूहमध्ये चार उपसमूहबाहेकका उपसमूह घटेका छन् । बढेका उपसमूहरूमा होटल तथा पर्यटन ८.६५, जीवन बीमा ३.२४, नीर्जीवन २.७७ र अन्य २.७४ प्रतिशतले बढेको छ ।
घटेका उपसमूहरूमा बैंकिङ ०.५७, विकास बैंक ०.६२, वित्त ०.२६, जलविद्युत १.६०, लगानी ०.३७, माइक्रोफाइनान्स ०.६६, म्युचल फण्ड १.१५ र व्यापार ०.३१ प्रतिशतले घटेको छ ।
नेप्सेका अनुसार कारोबार सोल्टी होटल शीर्ष स्थानमा छ । उक्त कम्पनीको २९ करोड ६३ लाख ८२ हजार रूपैयाँ बराबरको कारोबार भएको छ । यस्तै, हिमालय डिष्टिलरीको १५ करोड २ लाख ७६ हजार, शिवम् सिमेन्ट १४ करोड ७५ लाख ४२ हजार, आइजिआइ प्रुडेन्सियल १३ करोड २३ लाख ५४ हजार र सिटिजन्स इन्भेष्टमेन्ट फण्ड १२ करोड ५४ लाख ६१ हजार रूपैयाँ बराबरको कारोबार भइ शीर्ष पाँच भित्र पर्न सफल भएका छन् ।
आज ६ कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । तारागाउँ रिजेन्सी होटल, अरिन्टल होटल, कालिञ्चोक दर्शन लिमिटेड, बिपिडब्लयु लघुवित्त, सिटी होटल र हिमालय लाइफ इन्स्योरेन्सको सेयरमा सकारात्मक सर्किट लागेको छ ।
त्यस्तै सिटिजन्स म्युचल फण्ड १ का लगानीकर्ताले सर्वाधिक ८.४१ प्रतिशतका दरले गुमाएका छन् ।
ताजा अपडेट
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने


प्रतिक्रिया