NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

११ महिनामा व्यापारघाटा १३ खर्ब ३७ अर्ब बढी, वस्तु आयात १४ खर्ब

काठमाडाैं ।  चालु आव २०७९/८० को ११ महिना (साउन-जेठ) सम्मको अवधिमामा १४ खर्ब ८० अर्ब ९८ करोड ११ लाख २६ हजार रूपैयाँ बराबरको विभिन्न वस्तु वस्तु आयात भएको छ ।

जुन गत वर्षको सोही अवधिको तुलनामा १६.०१ प्रतिशतले कम आयात भएको छ । गत आवको सोही अवधिमा १७ खर्ब ६३ अर्ब २२ करोड ३० लाख रूपैयाँ बराबरको वस्तु आयात भएको थियो ।

१ खर्ब ४३ अर्बको निर्यात

तथ्यांकअनुसार चालु आवको ११ महिनाको अवधिमा वस्तु निर्यात भने १ खर्ब ४३ अर्ब ५८ करोड रूपैयाँको मात्रै भएको छ । जुन गत आवको सोही अवधिको तुलनामा २२.७४ प्रतिशतले कमी हो । गत वर्षको सोही अवधिमा १ खर्ब ८५ अर्ब ८३ करोड रूपैयाँ बराबरको वस्तु निर्यात भएको थियो ।

१३ खर्ब ३७ अर्बको व्यापारघाटा

चालु आवको जेठसम्ममा आइपुग्दा व्यापार घाटा १३ खर्ब नाघेको छ । चालु आवको जेठ मसान्तसम्म आइपुग्दा नेपालको विभिन्न मूलुकसँग १०३खर्ब ३७ अर्ब ३९ करोड ४५ लाख रूपैयाँ पुगेको छ ।

खर्ब ४४ अर्बको राजश्व संकलन

चालु आवको ११ महिनाको अवधिमा आयातित वस्तुबाट सरकारले ३ खर्ब ४४ अर्ब ३ करोड २७ लाख रूपैयाँको राजश्व संकलन गरेको छ ।