सनराइज बैंकद्धारा २० जनालाई कृतिम हात तथा खुट्टा प्रदान
काठमाडौं । सनराइज बैंकले २० जनालाई कृतिम हात तथा खुट्टा प्रदान गरेको छ । बैंकले सामाजिक उत्तरदायित्वको काम गर्दै जाने क्रममा मधेश प्रदेशको वीरगंजमा अंगभंग भएका २० जानलाई कृतिम हात तथा खुट्टा प्रदान गरेको हो ।
रोटरी क्लब वीरगंजमा असार ७ बिहीबार आयोजित एक कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत अपछ कुमार यादबले सिएसआर प्रमुख सुमन थापा तथा बैंकका वीरगंज शाखा प्रमुख केदार सिंहको उपस्थितीमा रोटरीका कार्यक्रम संयोजक डा. स्वास्वत प्रसादलाई दुई लाख पचहत्तर हजारको चेक हस्तान्तरण गरेका हुन् ।
उक्त रकमले २० जनालाई कृतिम अंग प्रदान गर्ने योजना अनुरुप उपस्थित व्यक्तिहरुलाई कृतिम अंग निशुल्क समेत प्रदान गरिएको थियो । बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत देशैभरी स्वास्थ्य, शिक्षा, शिपमुलक तालिम, वित्तिय साक्षयरता, पूर्वाधार निर्माण आदि क्षेत्रहरुमा विभिन्न कामहरु गर्दै आएको छ ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन



प्रतिक्रिया