पाम तेल निर्यातमा गिरावट
काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को ११ महिना अर्थात साउनदेखि जेठसम्मको तथ्यांकअनुसार नेपालबाट विदेश निर्यात हुने मूख्य वस्तु पाम तेलको निर्यातमा गिरावट आएको छ ।
चालु आवको पहिलो ११ महिनाको तथ्यांकअनुसार नेपालबाट कुल १९ अर्ब ५४ करोड ३६ लाख ७२ हजार रूपैयाँको कच्चासहित पाम तेल निर्यात भएको छ । जुन गत वर्षको तुलनामा २० अर्ब रूपैयाँले कमी हो ।
गत वर्ष ०७८/७९ को सोही अवधिमा नेपालबाट ३९ अर्ब ११ करोड ७५ लाख १४ हजार रूपैयाँको पाम तेल भारत निर्यात भएको थियो ।
आयातमासमेत गिरावट
चालु आवको ११ महिनामा पाम तेल निर्यातमा मात्रै नभएर आयातमा समेत गिरावट आएको देखिएको छ ।
गत आव ०७८/७९ को जेठसम्ममा ३८ अर्ब ७५ करोड ४९ लाख रूपैयाँको कच्चासहितको पाम तेल आयात भएको थियो । चालु आवको सोही अवधिमा आयात घटेर २७ अर्ब ६६ करोड ९१ लाख रूपैयाँको पाम तेल आयात भएको छ ।
नेपालमा इन्डोनोसिया, फिलिपिन्स, भारत, मलेसियालगायतका देशबाट पाम तेल आयात हुँदै आएको छ । नेपालले पाम तेल निर्यात भने छिमेकी मूलुक भारतमा गर्दै आएको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया