टेलिकमको एफटीटीएच सेवाको माग दर्ता १९८ मार्फत गर्न सकिने

काठमाडाैं । नेपाल टेलिकमले अत्याधुनिक दूरसञ्चार सेवाहरु उपलब्ध गराउने क्रममा मुलुकभर एफटीटीएच (FTTH) सेवाको विस्तार तीब्र रुपमा गरिरहको छ । यसका बाबजुद अझैपनि ग्राहकको माग बमोजिम केही स्थानहरुमा यस सेवाको पहुँच स्थापित गर्ने क्रम जारी नै रहेको टेलिकमले जनाएको छ ।
टेलिकमले सेवाग्राहीहरुको मागलाई मध्यनजर गर्दै यस सेवाको उपलब्धताका सम्बन्धमा निःशुल्क नम्बर १९८–१ (१९८ मा डायल गरी प्राप्त सन्देशपश्चात फेरी १ डायल गरी) मा डायल गरी ग्राहक सेवा केन्द्रका प्रतिनिधिर्फत आवश्यक जानकारी प्राप्त गर्न एवं सेवाको माग दर्ता गर्न सकिने व्यवस्था मिलाइएको छ ।
एफटीटीएच सेवा प्राप्त गर्न चाहने मुलुकभरका सेवाग्राहीहरुले १९८–१ डायल गरेर आफूलाई आवश्यक पर्ने सेवा र स्थानका बारेमा पहिले नै माग दर्ता गर्न सकिने टेलिकमले जनाएको छ । ती स्थानहरुमा कम्पनीले यथासम्भव छिटो एफटीटीएच जडान गर्नेछ । नेटवर्क नभएका स्थानमा सम्भव भएसम्म पूर्वाधार निर्माण गरी एफटीटीएच सेवा उपलब्ध गराउने छ । एफटीटीएच सेवामा एउटै फाइबरबाट टेलिफोन, तीव्र गतिको इन्टरनेट र टेलिभिजन सेवा उपलब्ध रहेको छ ।
ताजा अपडेट
-
वर्षायाममा पनि रोकिएन कालीगण्डकीको अवैध दोहन
-
मार्चे लेकमा याक र चौँरीको रगत पिउने मेला सुरु
-
नेपाली क्रिकेट टोली बन्द प्रशिक्षण शिविरका लागि भारत जाने
-
एकै वर्षमा आठ लाख ३९ हजारले लिए श्रम स्वीकृति
-
बजेट कार्यान्वयन गर्न ९५ बुँदे मार्गदर्शन : आयोजना सम्पन्न नहुञ्जेल प्रमुखको सरुवा नहुने
प्रतिक्रिया