NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ४ गते

जिल्ला निर्वाचन कार्यालय जिल्ला प्रशासनमा गाभ्ने व्यवस्था संशोधन हुन्छ : लेखक

काठमाडौं । कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जिल्ला निर्वाचन कार्यालयहरु जिल्ला प्रशासन कार्यालयमा गाभ्ने व्यवस्था संशोधन हुने प्रतिबद्धता जनाएका छन् ।

जिल्ला निर्वाचन कार्यालय जिप्रकामा गाभ्ने निर्णय लोकतन्त्र विरोधी कार्य भएको भन्दै त्यसलाई सच्याउन विपक्षी दल एमाले र रास्वपाले दबाब दिएको थियो ।

बजेटमा ब्यवस्था भएको उक्त त्रुटि नसच्चिएसम्म संसद अवरोध नहटाउने अडान लिएपछि लेखकले संशोधन हुने प्रतिबद्धता जनाएका हुन् । सरकारले राज्यको खर्च कटौती गर्ने भन्दै जेठ १५ गते प्रस्तुन गरेको आ.व. २०८०/८१ को बजेटमा सो व्यवस्था गरेको थियो ।