सर्लाहीका जनस्वास्थ्य निरीक्षकविरूद्ध डेढ करोडको भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आज सर्लाहीका जनस्वास्थ्य निरीक्षक कौशलेन्द्र मिश्रविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
मिश्रले सार्वजनिक पदमा बहाल रहँदा गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ ।
उनीविरूद्ध एक करोड १३ लाख ४५ हजार ८०५ रूपैयाँ बराबरको बिगो माग गरिएको छ ।
आयोगले उनले सेवा प्रवेश गरेको मिति २०५७/०३/०८ देखि मिति २०७८/०७/२६ सम्म उनले आर्जन गरेको सम्पत्ति विवरण अध्ययन गरेको थियो । सो अवधीमा मिश्रको पारिश्रामिक बचत, अन्य भत्ता, विभिन्न बैंक वित्तिय संस्था तथा व्यक्तिबाट लिएको कर्जालगायतबारे अध्ययन गर्दा आय र व्ययमा सो रकमको स्रोत खुल्न सकेन ।
मिश्रले पदमा रहँदा पदीय हैसियतको दुरुपयोग गरी गैरकानुनी सम्पत्ति आर्जन गर्नुसँगै अमिल्दो र अस्वभाविक उच्च जीवनस्तर यापन गरेको दाबी गरेको छ ।
मिश्रले गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति आफ्ना पत्नीहरू सरोज कुमारी र तुलसी कुमारी मिश्र शर्माको नाममा राखेको पाइएको छ ।
उक्त सम्पत्ति जफतका लागि आयोगले श्रीमतीद्वयलाई पनि प्रतिवादी बनाएर मुद्दा दायर गरेको छ ।
ताजा अपडेट
-
प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
समयमै मल र बीउ पुर्याउने गरी कानुन बनाउन लागेका छौँ : कृषि मन्त्री अधिकारी
-
कर्णाली करिडोरलाई चीन र भारतसँगको व्यापारिक मार्गका रुपमा अघि बढाइन्छ : प्रधानमन्त्री ओली
-
शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई पाँच दिनको समय
-
ग्लोबल आइएमई समुन्नत योजना–२ म्युचुयल फण्ड निष्काशन, कसरी दिने आवेदन ?
प्रतिक्रिया