बालुवाटार काण्डमा पूर्वनिर्वाचन आयुक्त शाह पनि पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)ले बालुवाटार जग्गासम्बन्धी फाइल खुलेपछि अभियुक्त पक्राउको संख्या बढ्दै गएको छ ।
यसक्रममा पूर्वनिर्वाचन आयुक्त सुधीर कुमार शाह पनि पक्राउ परेका छन् । यसअघि भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसँगै अन्य ६ कर्मचारी पक्राउ परेका छन् ।
शाहले बकसका रूपमा ललिता निवासको सरकारी जग्गा लिएको अनुसन्धानमा देखिएको थियो ।
पक्राउ पर्नेमा डिल्लीबजार मालपोत कार्यालयका तत्कालिन कर्मचारीहरू कलाधर देउजा, हुपेन्द्रमणि केसी, धर्मप्रसाद गौतम, सुरेन्द्रमान कपाली, गोपाल कार्की छन् । अनुसन्धान जारी राखेको सीआईबीले थप पक्राउ गर्न सक्ने जनाइएको छ ।
ताजा अपडेट
-
प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
समयमै मल र बीउ पुर्याउने गरी कानुन बनाउन लागेका छौँ : कृषि मन्त्री अधिकारी
-
कर्णाली करिडोरलाई चीन र भारतसँगको व्यापारिक मार्गका रुपमा अघि बढाइन्छ : प्रधानमन्त्री ओली
-
शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई पाँच दिनको समय
-
ग्लोबल आइएमई समुन्नत योजना–२ म्युचुयल फण्ड निष्काशन, कसरी दिने आवेदन ?
प्रतिक्रिया