बालुवाटार काण्डमा पूर्वनिर्वाचन आयुक्त शाह पनि पक्राउ
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)ले बालुवाटार जग्गासम्बन्धी फाइल खुलेपछि अभियुक्त पक्राउको संख्या बढ्दै गएको छ ।
यसक्रममा पूर्वनिर्वाचन आयुक्त सुधीर कुमार शाह पनि पक्राउ परेका छन् । यसअघि भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसँगै अन्य ६ कर्मचारी पक्राउ परेका छन् ।
शाहले बकसका रूपमा ललिता निवासको सरकारी जग्गा लिएको अनुसन्धानमा देखिएको थियो ।
पक्राउ पर्नेमा डिल्लीबजार मालपोत कार्यालयका तत्कालिन कर्मचारीहरू कलाधर देउजा, हुपेन्द्रमणि केसी, धर्मप्रसाद गौतम, सुरेन्द्रमान कपाली, गोपाल कार्की छन् । अनुसन्धान जारी राखेको सीआईबीले थप पक्राउ गर्न सक्ने जनाइएको छ ।
ताजा अपडेट
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै


प्रतिक्रिया