NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २३ गते

विनियोजन विधेयक २०८० पारित

काठमाडाैं । प्रतिनिधि सभाको बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महत्तले पेश गरेको विनियोज विधेयक २०८० पारित भएको छ । मंगलबार प्रतिनिधि सभाको बैठकमा बहुमतले विनियोजन विधेयक पारित भएको हो ।

उक्त प्रस्ताव पारित गरियोस् भन्ने ‘हुन्छ’ भन्ने पक्षमा धेरै मत १४७ मत परेपछि विधेयक पारित भएको छ । उक्त प्रस्तावको ‘हुन्न’ भन्ने पक्षमा १०८ मत परेको छ भन्ने दिन्न भन्ने पक्षमा शून्य मत परेको छ । आजको बैठकमा दुई सय ५५ सांसदको उपस्थिति थियो ।

विनियोजन विधेयक २०८० प्रस्ताव पहिलो चरणमा बहुमतले पारित भएपनि प्रमुख प्रतिपक्षी नेकपा एमालेका महेश बर्तौलाले ‘हुन्न’ भन्ने पक्षको स्पष्ट बहुमत नदेखिएकाले असहमति जनाउँदै बजेट पारित गर्नका लागि मत विभाजन माग गरेपछि सभामूख देवराज घिमिरेले मतदान प्रकृया अपनाएका थिए ।

 

 

ताजा अपडेट

नेपालवाच विशेष