सनी सेक्यूरिटिजद्वारा आयोजित शेयर तालिम सम्पन्न
काठमाडाैं । हालसालै पोखरामा नयाँ शाखा सञ्चालनमा ल्याएको सनी सेक्यूरिटिजले आधारभूत शेयर तालिम सफलताका साथ सञ्चालन गरेको छ ।
कम्पनीले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत पोखरास्थित इन्फोम्याक्स कलेज अफ इन्फर्मेशन टेक्नोलोजी एण्ड म्यानेजमेण्टमा तालिम सञ्चालन गरेको हो । उक्त कार्यक्रममा ४२ जनाको सहभागिता रहेको थियो।
तालिम कार्यक्रममा विशेष गरी शेयर बजारको परिचय, डिम्याट खाता खोल्ने र मेरो शेयरबाट प्राथमिक बजारमा आइपिओ मार्फत लगानी गर्ने, कम्पनीको वित्तीय प्रतिवेदनका विभिन्न पक्षको जानकारी, असल कम्पनी छान्ने तरिका, शेयर बजारका फाइदा तथा जोखिमहरू, जोखिम न्यूनीकरणका उपायहरू तथा नेपालमा अन्लाईन शेयर कारोबारको महत्त्व र यसबारे विशेष जानकारी समेटिएको थियो । कम्पनीले विद्यार्थीहरू लगायत नयाँ लगानीकर्ता तथा शेयर बजारमा भविष्य खोज्नेहरूका लागि तालिम धरै प्रभावकारी भएको जनाएको छ ।
साइन्टिफिक विजनेश हव प्रा. लि. का प्रमुख कार्यकारी अधिकृत तथा तालिमका मुख्य प्रशिक्षक उत्सव ढकालले आर्थिक र वित्तीय क्षेत्रसम्बन्धी क्षमता अभिवृद्धि गर्ने, पुँजीलाई बुद्धिमानीपूर्वक व्यवस्थापन गर्ने र युवाहरूलाई आर्थिक पक्षमा सचेत गराउँदै आवश्यक क्षमता अभिवृद्धिमा सहयोग गरी समयसापेक्ष उचित वित्तीय निर्णयहरू लिन आवश्यक ज्ञान, सीप, मनोवृत्ति र व्यवहारहरूको विकाश गर्ने मनशायले कार्यक्रम आयोजना गरेकोमा आभार व्यक्त गरेका थिए ।
तालिम साइन्टिफिक विजनेश हवको सहकार्यमा सम्पन्न भएको थियो ।
शेयर बजारको आधारभूत ज्ञान सहितका यस्ता कार्यक्रमहरू पुँजी बजारको दीर्घकालीन विकास तथा विस्तारमा समेत सहयोगी हुने कुरा मनन गरी सनी सेक्यूरिटिजको पहलमा शेयर बजारसम्बन्धी तालिमहरू देशव्यापी रूपमा सञ्चालन गरिरहेको साइन्टिफिक लर्निङ्ग सेन्टरले जनाएको छ ।
ताजा अपडेट
-
रास्वपाको स्वकीय सचिव नियुक्तिमा नातेदार राख्न नपाइने
-
सुनको भाउ तोलाको ५८ सयले घट्यो
-
फ्रान्समा १५ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाइने
-
स्वास्थ्य बीमा बोर्डद्वारा २०८२ पुससम्म २५ अर्बभन्दा बढी दाबी भुक्तानी
-
भोजन गृहमा श्रावण विशेष सांस्कृतिक साँझ, नियमित मूल्यमा भारी छुट


प्रतिक्रिया