NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

ज्ञानको विकास र बिस्तार नेपालबाटै भएको हो : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपालबाटै ज्ञान दिने कामको सुरुआत भएको बताएका छन् ।

मदन भण्डारी मेमोरियल कलेजको २२औँ वार्षिकोत्सव समारोहमा यहाँ सम्बोधन गर्दै उनले नेपाली भूमिबाटै ज्ञानको विकास र विस्तार भएको बताए ।

 पहिलो शास्त्र, पहिलो लिपी र पहिलो सङ्गीत यहीँबाट सिर्जना भएका हो’, उनले भने, ‘वाद्यवादन, नृत्य, साहित्यमा नवरस र  पहिलो कविता पनि यही भूमिबाट सुरु भएको हो ।

 अध्यक्ष ओलीले शिक्षा व्यावहारिक र जीवनउपयोगी हुनुपर्नेमा समेत जोड दिएका छन । उनले व्यक्ति र समाजका लागि उपयोगी हुने खालको शिक्षा आवश्यक रहेको बताए ।

उनले शिक्षालयले पनि विद्यार्थीलाई सस्तो शुल्कमा गुणस्तरीय शिक्षा दिनसक्ने हुनुपर्ने भन्दै मदन भण्डारी कलेजलाई नमुना कलेज बनाउन सुझाव दिए । विद्यार्थी असफल भए शिक्षक पनि असफल हुने भन्दै उनले शिक्षकले पनि मेहनत गर्नुपर्ने बताए । 

 अध्यक्ष ओलीले गुरु कुट्नेहरु विद्यार्थी नहुने भन्दै सालिन, इमान्दार र विनम्रता विद्यार्थीका गुण भएको बताए । विद्यार्थीले रुचिअनुसारको विषय अध्ययन गर्न नपाएको उल्लेख गदै भने, ‘अवसरले प्रतिभालाई प्रस्फुटन गराउँछ, त्यसैले अवसरलाई सदुपयोग गर्नुपर्छ ।

 अध्यक्ष ओलीले नेपालमा विकासको धेरै सम्भावना भएको भन्दै धेर काम गर्न सकिने बताए । उनले अमेरिकाका लागि एक प्रतिशतका उत्पादकत्व वृद्धि धेरै भए पनि हाम्रा लागि भने १० प्रतिशतको वृद्धि पनि कम हुने बताए ।