प्रेसर कुकरमा नपकाउनुस् यी खानेकुरा
एजेन्सी । भान्सामा खाना पकाउन सजिलो र छिटो पाक्ने माध्यम प्रेसर कुकर हो । प्रेसर कुकरमा पकाउँदा खानेकुरा छिटो पाक्ने हुँदा यसको प्रयोग भान्सामा अत्यधिक हुन्छ । तर कुकुरमा पकाइने सबै प्रकारका खाना स्वास्थ्यका लागि स्वस्थ हुँदैन । केही यस्ता खानेकुराबारे जानौं जसलाई कुकरमा पकाउनु हुँदैन ।
हरियो साग
धेरैले तरकारी छिटो पकाउन कुकरको प्रयोग गर्छन् । तर वास्तवमा हरियो साग प्रेसर कुकरमा पकाउँदा स्वास्थ्यका लागि हानिकारक साबित हुन सक्छ । यो तरकारीमा नाइट्रेट हुन्छ । जसलाई प्रेसर कुकरमा पकाउँदा हानिकारक नाइट्रोमाइन्समा परिणत हुन सक्छ।
सिमि
सिमीमा प्राकृतिक रूपमा हुने लेक्टिन नामक विषाक्त पदार्थ हुन्छ । यसलाई कुकरमा पकाउँदा खाना विषाक्त हुन सक्छ।
दुधजन्य परिकार
प्रायः व्यक्ति खिर, पनिर पकाउँदा कुकरमा सिट्ठी लगाएर पकाउँछन् । जुन स्वास्थ्यवर्धक नहुन सक्छ । दुध, दही पनीर जस्ता दुग्धजन्य पदार्थलाई प्रेसर कुकरमा पकाउनु हुँदैन । यसले खानाको बनावट र स्वादलाई असर गर्न सक्छ ।
फलफूल
बच्चालाई फलफूल खुवाउँदा अभिभावकहरु उसिनेर दिने गर्छन् । तर फलफूल पनि कुकरमा उसेनेर खानु हुँदैन । कुकरमा फलफूल उसिन्दा फलफूलमा भएका पोषणहरु नष्ट हुन्छन् ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया