NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २३ गते

गोदरेजको नयाँ इन्भर्टर एअर कन्डीसनर (एसी) नेपाली बजारमा

काठमाडाैं । गोदरेजले नयाँ इन्भरटर एअर कन्डीसनर (एसी) नेपाली बजारमा सार्वजनिक गरेको छ । गोदरेज इन्भर्टर एसी सबै मौसमको लागि उपयोगी हुने कम्पनीले जनाएको छ ।

गोडरेज इन्भर्टर एसीमा एन्टीभाईरल फिल्टरका साथै एन्टी डस्ट फिल्टर र एक्टिभ कार्बन फिल्टर रहेको हुनाले यस एसीले अनावश्यक प्रदुषण, किटाणुहरु ९९.९ प्रतिशतसम्म नष्ट गरी वातावरणलाई स्वस्थ्य पार्दछ । यस एसी आर३२ इको रेफ्रिजीरेन्ट भएको र ५२ डिग्री सम्मको तापक्रममा पनि कुलिङ गर्न सक्ने क्षमता रहेको छ। टुइन रोटरी इन्भरटर टेक्नोलोजीमा आधारित  यस एसीले विजुली बचत गर्नुका साथै छिटो तातो र मौसस अनुसार छिटो चिसो पार्ने क्षमता रहेको छ । गोडरेजको यस एअर कन्डिसनरमा १० वर्षको इन्भर्टर कम्प्रेसर वारेन्टी रहेको छ।

यसका साथै कम्पनीले फ्री डेलिभरी, फ्री इन्स्टलेशन एन्ड डेमो र शुन्य प्रतिशतमा फाइनान्स सुविधा पनि प्रदान गरेको छ ।

नेपाल अधिराज्यभर गोडरेज ब्राण्डको आधिकारिक बिक्रेता चौधरी गु्रपको सिजी ईलेक्ट्रोनिक्स अन्तर्गत सिजी इओएल रहेको छ । सिजी ईलेक्ट्रोनिक्सले सम्पूर्ण नेपाली ग्राहकहरुलाई सिजी डिजिटल शोरुम तथा आफ्नो फराकिलो विक्रेता सञ्जाल र अनलाइन सपिङ साईट cgdigital.com.np  मार्फत उत्कृष्ट सेवा र अनुभव प्रदान गरिरहेको छ । कम्पनीका सिजी डिजिटल शोरुमहरु काठमाडौं भित्र टङगाल, कुमारीपाटी, भक्तपुर राधे राधे, गठ्ठाघर, किर्तिपुर, रविभवन, हातिगौडा, त्रिपुरेश्वर, नयाँ बजार, बसुन्धारा, जोरपाटी र काठमाडौं बाहिर बनेपा, पोखरा, इटहरी, हेटौंडा, भरतपुरमा रहेका छन् भने ४० भन्दा बढी नेपालभरी छरिएका सर्भिस सेन्टरहरुबाट उत्कृष्ट बिक्रीपश्चात सेवा पनि प्रदान गरिरहेको छ ।

ताजा अपडेट

नेपालवाच विशेष