NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

नेप्से परिसूचकमा ५३ अंकको गिरावट, यी कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडाैं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उच्च अंकको गिरावट देखिएको छ । आज नेप्से परिसूचक ५३.७० अंकले घटेर २०९७.२९ विन्दुमा कायम भएको छ ।

नेप्सेका अनुसार आज दुई सय ८६ कम्पनीको ७४ हजार ४४१ पटक कारोबारमा १ करोड १३ लाख २३ हजार १८३ कित्ता सेयर खरिदबिक्री हुँदा ५ अर्ब ८ करोड १९ लाख ७६ हजार रूपैयाँको कारोबार भएको छ ।

आजको सबै उपसमूहका उपसूचक घटेका छन् । घटेका उपसमूहरूमा सबैभन्दा धेरै माइक्रोफाइनान्स ४.७५ प्रतिशतले बढेको छ । अन्य उपसमूहरूमा बैंकिङ २.३८, विकास बैंक ३.४८, वित्त २.०२, होटल तथा पर्यटन २.७२, जलविद्युत ३.१५, लगानी १.३६, जीवन बीमा १.१९, उत्पादन २.२९, म्युचफ फण्ड ०.७८, नीर्जीवन ०.९९, अन्य २.३७ र व्यापार २.२८ प्रतिशतले घटेको छ ।

आज दुइ कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । बिपिडब्ल्यु लघुवित्त र सिटी होटलको सेयरमा सकारात्मक सर्किट लागेको हो । सिर्जनशील लघुवित्तका लगानीकर्ताले सर्वाधिक ९.३२ प्रतिशतका दरले गुमाएका छन् ।

आज कारोबार रकमको आधारमा सबैभन्दा धेरै हिमालय डिष्टिलरी लिमिटेडको ४२ करोड ५६ लाख ५४ हजार रूपैयाँको कारोबार भएको छ । त्यस्तै शिवमको २७ करोड ५५ लाख ९६ हजार, सोल्टी होटल २० करोड ८६ लाख ५० हजार, सूर्याज्योति लाइफ इन्स्योरेन्स १६ करोड ६७ लाख ५७ हजार र आइजिआइ प्रुडेन्सियलको १४ करोड ६८ लाख ८१ हजार रूपैयाँको कारोबार भइ शीर्ष पाँचमा प्रवेश गरेका छन् ।