नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट, यी कम्पनीको भयो सर्वाधिक कारोबार
काठमाडाैं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको गिरावट देखिएको छ । आज नेप्से परिसूचक २१.३२ अंकले घटेर २०७५.९७ विन्दुमा कायम भएको छ ।
नेप्सेका अनुसार आज दुई सय ७६ कम्पनीको ६४ हजार ८६८ पटक कारोबारमा ९४ लाख १८ हजार ९५२ कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब ५ करोड १० लाख ७८ हजार ३७५ रूपैयाँको कारोबार भएको छ ।
आजको दुइ उपसमूहबाहेकका सबै उपसमूहका उपसूचक घटेका छन् । होटल तथा पर्यटन २.०७ र व्यापार ०.६६ प्रतिशतले घटेको छ । त्यस्तै घटेका उपसमूहरूमा बैंकिङ १.०२, विकास बैंक ०.८७, वित्त ०.५३, जलविद्युत १.३४, लगानी ०.७५, जीवन बीमा १.८३, उत्पादन १.१३, माइक्रोफाइनान्स १.३०, म्युचल फण्ड १.०७, नीर्जीवन ०.७६ र अन्य प्रतिशतले घटेको छ ।
आज तीन कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । सिवाइसी नेपाल लघुवित्त, बिपिडब्ल्यु लघुवित्त र सिटी होटलको सेयरमा सकारात्मक सर्किट लागेको हो । लक्ष्मी इक्वुटी फण्डका लगानीकर्ताले सर्वाधिक ८.९५ प्रतिशतका दरले गुमाएका छन् ।
आज कारोबार रकमको आधारमा सबैभन्दा धेरै हिमालयन लाइफ इन्स्योरेन्सको २३ करोड ९४ लाख ४५ हजार रूपैयाँको कारोबार भएको छ । त्यस्तै सोल्टी होटलको २० करोड ९४ लाख ३९ हजार, सिटिजन्स इन्भेष्टमेन्ट २० करोड ३३ लाख २५ हजार, शिवमको १८ करोड १८ लाख २ हजार रूपैयाँको कारोबार भइ शीर्ष पाँचमा प्रवेश गरेका छन् ।
ताजा अपडेट
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने


प्रतिक्रिया