NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

महिलालाई मन नपर्ने पुरूषका यी पाँच बानी, जसले सम्बन्धमा ल्याउन सक्छ खटपट

तपाईं विवाहित हुनुहुन्छ या सम्बन्धमा हुनुहुन्छ ? यदि यी दुईं मध्ये कुनै एक हो भने,यो लेख तपाईंको लागि विशेष हुन सक्छ । आज हामीले प्रेमी–प्रेमिका होस् वा श्रीमान्–श्रीमतीले सम्बन्धमा हुँदा ध्यान दिनुपर्ने विषयमा चर्चा गर्न गइरहेका छौँ ।

पुरुषका केही बानी हुन्छन् जुन महिलालाई मन परिरहेको हुँदैन, कति महिलाहरूले पार्टनरका यस्ता बानीबारे खुलेर बताउँछन् र सम्बन्धमा सुधार हुनसक्छ, तर कतिपय महिलाले भने यस्ता बानी मन नपरेर सम्बन्धमा ब्रेक लगाउने गर्छन् । यदि तपाईं विवाहित हुनुहुन्छ वा प्रेमिका हुनुहुन्छ भने यी कुराहरूमा विशेष ध्यान दिनुपर्छ, जसले गर्दा सम्बन्ध टुटन दिनुको सट्टामा अझ राम्रोसँग अगाडि बढ्न सकोस् ।

हुन त पुरूष र महिला शारीरिक रूपले भिन्न हुन्। शारिरीक रूपले मात्र हैन मानिसक रूपले पनि महिला र पुरूषमा धेरै भिन्नता हुन्छ । तर प्रेमी–प्रेमिका होस् वा श्रीमान्–श्रीमती, हरेक सम्बन्धमा दुवै पक्षबाट सहमति हुनु जरुरी छ ।

सम्बन्धलाई मजबुत, सुमधुर बनाइराख्न एकले अर्काको विचारको सम्मान गर्नु जरूरी छ । जब महिला र पुरूष ‘रिलेशनसीप’ मा जान्छन्, त्यतिबेला महिलाले पुरूषको (पार्टनरको) केही कुराहरू ख्याल गरिरहेका हुन्छन् । जसमा आनीबानी, व्यवहार, बोल्ने शैली, सोचलगायत । कतिपयले ती कुराहरू मन नपर्ने पाइएको खण्डमा सम्बन्ध बलियो बन्नुको सट्टामा कमजोर बन्न सक्छ । यही नराम्रो बानी सम्बन्धममा खटपटको कारण बन्न सक्छ ।

यी हुन् महिलाले मन नपर्ने पुरूषका पाँच बानी

भावनात्मक वेवास्ता

महिलाहरु प्रायः आफ्नो पार्टनरले उनीहरुको कुरा सुनेको, उनीहरुलाई सहानुभूति दिन र उनीहरुलाई भावनात्मक रुपमा सहयोग गरेको चाहन्छन् । तर पुरूषहरूले यी कुराहरूलाई बेवास्ता गरेर बुझ्ने प्रयास गर्दैनन् । गरेपनि उनीहरूले बुझेर भन्दा पनि भनेर गर्ने खालका हुन्छन् । सबै पुरूषमा भावानात्मक यस्ता गुण हुँदैन भन्न खोजेको हैन, तर धेरै पुरूषहरूले यी कुराहलाई त्यति महत्व दिएको हुँदैन, पाइँदैन । जब महिलाहरूले यी कुराहरू व्यक्त गर्न खोजिरहेका हुन्छन्, त्यतिबेला पुरूषहरू बुझ्न असमर्थ हुन्छन् । जसका कारण महिलाहरु निराश हुन सक्छन् । पुरुषले लगातार यसो गरेमा सम्बन्ध पनि टुट्न सक्छ । त्यसैले पुरूषले यो कुरामा विशेष ध्यान दिनुपर्छ र महिलाहरूलाई भावनात्मक रूपमा समर्थन गर्नुपर्छ।

जिम्मेवारी लिने कुरामा गम्भीर नहुनु

हुन त नेपाली समाज पुरूषप्रधान समाज हो । यहाँ निर्णय लिने कुरामा पुरूष नै अगाडि हुन्छ । घरभित्र होस् या घर बाहिर पुरूषले नै सबै जिम्मेवारी सम्हालिरहेका हुन्छन् । तर यसको मतलब महिलाहरू जिम्मेवारी लिन नसक्ने भन्ने हुँदे हैन । जिम्मेवारी लिने  कुरामा पुरूषको तुलनामा महिलाहरू झन् बढी गम्भीर हुने गर्छन् । समाजले पुरूषलाई घरभित्र र बाहिर निर्णय लिने व्यक्ति बनाएपनि धेरै कुरामा पुरूषले बच्चापन देखाइरहेको हुन्छ ।

घरयासी काममा आफ्नो पार्टनरले आवश्यक परे र घरेलु काममा सहयोग गरेको होस् भन्ने महिलाहरू चाहान्छन् तर सहयोग नगरेमा महिलालाई त्यो कुरा मन पर्दैन । उदाहरणको लागि बजार जाँदा पार्टनरले श्रीमतीले भनेका कुरा नल्याउँदा श्रीमतीलाई खल्लो लाग्न सक्छ । भान्छाघरमा श्रीमती काम गरिरहँदा श्रीमान सघाउनुको सट्टा सामाजिक सञ्जालमा झुन्डिरहने बानी पनि श्रीमतीलाई मन पर्दैन ।

धेरै पुरूषले आफ्नी श्रीमतीलाई घरको काममा मद्दत गरिरहेका पनि हुन्छन् साथै उनीहरूको सम्बन्ध कति राम्रो हुन्छ ।

कडा स्वभाव

कुनै पनि सम्बन्ध प्रेममा चल्छ , झर्कोफर्को या रिसमा हैन । धेरै पुरूषहरू सम्बन्धको सुरूवातमा कडा भावना भन्दा नरम भावना देखाउने र सम्बन्धमा बसेको केही समयपछि त्यही पुरानै बानी जस्तै कडा स्वभाव, झर्किने, कुनै पनि कुरा सेयर नगर्ने स्वभाव देखाउने गर्छन् ।

कतिपय महिलालाई तपाईको यस्तो व्यवहार मन पर्दैन र उनीहरु तपाईसँग भावनात्मक रुपमा जोडिरहन तयार हुँदैनन् सक्दैनन्  । त्यसैले सम्बन्धमा सधैं खुला रहनुहोस् र कुनै पनि परिस्थितिलाई मायाले ह्यान्डल गर्नुहोस् ।

दोष दिनु

सम्बन्धमा एकले अर्कालाई दोष लगाउने बानी राम्रो हैन, यसले सम्बन्ध बिग्रन सक्छ । धेरै पुरुषले हरेक निर्णयमा महिलालाई दोष दिइरहेको हुन्छ । गल्ती हुँदा नि दोष, नहुँदा नि दोष लगाउने बानी कतिपयको हुन्छ, अझ कतिपय पुरूषले महिला केही नजान्ने, निर्णय लिन नसक्ने व्यवहार देखाउँछन् । यसले महिलालाई आफू हेपिएको, दबिएको महसुस गर्छन् । यदि तपाईं पनि त्यस्ता व्यक्तिहरू मध्ये एक हुनुहुन्छ भने तपाईंले सावधानी अपनाउनु पर्छ । धेरै महिलाहरूले उनीहरूको अनुभव, विचारलाई बेवास्ता गर्दा अपमान भएको महसुस गर्न सक्छन् । पुरूषहरूले यी कुरामा सुधार गर्नुहोस्, आफ्नो पार्टनरको विचारलाई सम्मान गर्नुहोस् । (एजेन्सीको सहयोगमा)