अधिक तरलता भएपछि बैंकिङ प्रणालीबाट २० अर्ब रूपैयाँ खिच्दै राष्ट्र बैंक
काठमाडौं। बैंकिङ प्रणालीमा अधिकत तरलता भएपछि नेपाल राष्ट्र बैंकले २० अर्ब रुपैयाँको रिभर्स रिपो जारी गर्ने भएको छ ।
तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले १० दिनका लागि रिपो जारी गर्न लागेको हो । जसअनुसार रिपोको म्याचुरिटी पिरियड अर्थात बैंकहरुले रिपोमा राखेको रकम फिर्ता पाउने समय असार २९ गतेलाई तोकिएको छ।
राष्ट्र बैंकले जारी गर्ने रिभर्स रिपो लिन बैंक तथा वित्तीय संस्थाहरूले आज दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ गर्नुपर्नेछ।
रिभर्स रिपो के हो ?
बैंकिङ प्रणालीमा साधारण प्रकृतिको अधिक तरलताको स्थिति देखिएमा नेपाल राष्ट्र बैंकले अल्पकालीन (अधिकतम सात दिनको) अवधिको तरलता प्रशोचन (Mop up) गर्न प्रयोग हुने उपकरण ‘रिभर्स रिपो’ हो ।
ताजा अपडेट
-
रास्वपाको स्वकीय सचिव नियुक्तिमा नातेदार राख्न नपाइने
-
सुनको भाउ तोलाको ५८ सयले घट्यो
-
फ्रान्समा १५ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाइने
-
स्वास्थ्य बीमा बोर्डद्वारा २०८२ पुससम्म २५ अर्बभन्दा बढी दाबी भुक्तानी
-
भोजन गृहमा श्रावण विशेष सांस्कृतिक साँझ, नियमित मूल्यमा भारी छुट


प्रतिक्रिया